Incident Reports

उचित मूल्य नपाएको भन्दै चिया किसान आन्दोलित

2020-08-31

Province 1, Ilam, Suryodaya

चियाको उचित मूल्य नपाएको भन्दै इलामका किसान आन्दोलित भएका छन्।

स्थानीय तहले तोकेको न्यूनतम मूल्यसमेत नपाएको भन्दै इलाम सूर्योदय नगरपालिकाका चिया किसान आन्दोलित भएका हुन्। सङ्घर्ष समिति नै बनाएर किसानहरू आन्दोलनमा उत्रिएका छन्।

सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरुले यसअघि भएका सम्झौता कार्यान्वयन गरिदिन सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेलाई लिखित मागपत्र पेश गरेका छन्।

यसअघि सूर्योदय नगरपालिकाले चिया उद्योगी र किसानसँगको छलफलपछि गएको वर्ष नै न्यूनतम प्रतिकिलो ४० रूपैयाँ मूल्य निर्धारण गरेको थियो।

यद्यपि सो रकम घटाएर हाल २० देखि ३० रूपैयाँ मात्र उद्योगले उपलब्ध गराउने भनेकाले आफूहरू आन्दोलनमा उत्रिनुपरेको चिया किसान आन्दोलन समितिका संयोजक सोनाम छिरिङ काजी (ज्ञानी)ले बताए।

एक किलो चिया उत्पादनमा किसानको ३७.५ रूपैयाँ खर्च हुने गरे पनि वर्षकै सुरूमा उत्पादन भएको चियाको मूल्य २० रूपैयाँ दिन खोजेकाले किसान मारमा परेको उनको भनाइ छ।

किसानले चियाको उचित मूल्य नदिए आफ्नो हरियो चियापत्ती नै भए पनि फिर्ता गर्न माग गरेका छन्।

अन्य किसानले ल्याएको र उद्योगी आफ्नै बगानको भए पनि हरियो चिया फिर्ता गर्नुपर्ने उनीहरूको माग छ।

नभए उद्योगले प्रशोधन खर्च कटाएर तयारी चिया नै भए पनि फिर्ता दिनुपर्ने उनीहरूले माग राख्दै आएका छन्।

(रासस)

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments