Incident Reports

पसल खोलेको भन्दै सर्जिकल व्यवसायीमाथि कुटपिट

2020-09-01

Bagmati, Kathmandu, Kathmandu

सर्जिकल व्यवसायीमाथि कुटपिट भएपछि काठमाडौंको त्रिपुरेश्वर क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका छन् । सोमबार दिउसो २ बजेपछि स्थानीयहरुले हिमालयन सर्जिकलका युवराज बेल्बासेलाई कुटपिट गरेको भन्दै व्यवसायीहरुले विरोध जनाएका हुन् । सर्जिकल व्यवसायलाई राज्यले अत्यावश्यक सेवा अन्तर्गत चौविसै घण्टा सञ्चालन गर्न दिएको छ ।  तर व्यवसायीहरुको संगठन केमिकल एण्ड सर्जिकल सप्लायर्स एसोसिएसन नेपाल (केमसान)ले वडा कार्यालय र स्थानीय ब्वाइज युनियनलाई समेत बोधार्थ गरि विहान ११ बजे देखि दिउँसो २ बजे सम्म मात्रै पसल सञ्चालन गर्न पत्र पठाएको व्यवसायीहरुले बताए । सोही नियमलाई लिएर स्थानीयले सोमबार दिउसो २ बजे भित्रै पसल बन्द नगरेको भन्दै आफूमाथि कुटपीट गरेको व्यवसायी बेल्बासेले बताए ।  दिउँसो २ बजेर केही मिनेट जाँदा पसलमा रहेका ग्राहकलाई सामान दिई पसल बन्द गर्नै लाग्दा केही व्यक्तिको समूहले कुटपिट गरेको उनले बताए । 

व्यवसायीहरुले कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरी तत्काल कारबाही गर्न माग गरेका छन् । कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिएर अहिलेसम्म केमसान र स्थानीयले बनाएको नियमलाई मान्दै आएको तर व्यवसायी माथि नै कुटपिट हुन थालेपछि त्यस्तो नियम नमान्ने उनीहरुले बताए । सर्जिकल सप्लायर्स एसोसिएसन अफ नेपालका केन्द्रीय प्रवक्ता आशिष प्याकुरेलले कुटपिट गर्ने व्यक्तिमाथि कारबाहीको माग गरे ।  व्यवसायी भरतमणि सिलवालले राज्य ले नै अत्यावश्यक सेवा अन्तर्गत राखेको क्षेत्रलाई आफुखुसी बन्द गराउने अधिकार स्थानीयहरुसँग नभएको बताए । उनले केही समय मात्रै पसल सञ्चालन गर्दा भिड बढेकोले संक्रमणको जोखिम समेत बढेको बताए । 

व्यवसायी माथि भएको कुटपिटको विरोध जनाउन एकठाउँमा भेला भएका व्यवसायीलाई प्रहरीले भिडभाड नगर्न आग्रह गरेको छ । प्रहरीले माइकिङ गरी सर्जिकल क्षेत्रलाई राज्यले अत्यावश्यक सेवाको रुपमा राखेकोले निर्वाधरुपमा सञ्चालन गर्न पाउने बताएको छ । त्यस्तै व्यवसायीको सुरक्षाका लागि प्रहरी रहेको भन्दै प्रहरीले निर्वाधरुपमा पसल सञ्चालन गर्न माइकिङ गरेको हो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
National/Online Media

0 Comments