Incident Reports

प्रयोगात्मक परीक्षामा नम्बर कम दिएको भन्दै विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

2020-09-02

Lumbini, Bardiya, Madhuwan

मधुवन नगरपालिकास्थित गुराँस माध्यमिक विद्यालयमा १८ महिने कृषि जेटिएमा अध्ययनरत विद्यार्थीले तालाबन्दी गरेका छन् । प्रयोगात्मक परीक्षामा विद्यालयले नम्बर कम दिई अनुत्तीर्ण भएपछि विद्यार्थीले प्राविधिक शिक्षा कार्यक्रमतर्फको गेटमा र प्रशासनिक भवनमा ताला लगाएका हुन् । 

विद्यालयमा सञ्चालित सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रमअन्तर्गत १८ महिने कृषि जेटिएमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण हुने गरी नम्बर दिएपछि विरोध गर्दै तालाबन्दी गरेका हुन् । 

विद्यार्थीले तालाबन्दीसँगै प्रेस विज्ञप्तिमार्फत तीनबुँदे मागसमेत सार्वजनिक गरेका छन् । उनीहरूले अनुत्तीर्ण अंक सच्याउनुपर्ने, अंक सच्याउन नमिल्ने भए विद्यार्थीलाई क्षतिपूर्ति दिनुपर्ने, प्रधानाध्यापक र कार्यक्रम संयोजकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग राखेका छन् । 

विद्यालय र विद्यालयले खटाएका सुपरिवेक्षकको लापरबाहीका कारण लिखित परीक्षामा उत्तीर्ण भए पनि प्रयोगात्मक परीक्षामा २१ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । विद्यालयले गत वर्ष अन्तिम परीक्षाको लागि बाह्य सुपरिवेक्षकको रूपमा प्रकाश गौतम र झलक खड्कालाई खटाएको थियो । सिटिइभिटीको नियमानुसार प्रयोगात्मक परीक्षाको पूर्णांक २० भए पनि सुपरिवेक्षकले पूर्णांक १२ मानेर नम्बर दिएपछि ३९ जना विद्यार्थीमध्ये प्रयोगात्मक विषयमा ६ जना मात्रै उत्तीर्ण भएका छन् । प्रयोगात्मक परीक्षामा फेल भएका कारण विद्यार्थीको एक वर्ष खेर जाने भएको छ ।

माग पूरा नभएसम्म ताला नखोल्ने पीडित विद्यार्थी सुनिता भण्डारीले बताइन् ।  विद्यालयले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको कारण घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने उनले बताइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेवालाल गौतमले विद्यार्थीको माग पूरा गर्न तयार रहेकाे र छिट्टै निर्णय हुने बताए । 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments