2020-09-01
रौतहट — रौतहटको गुजरा नगरपालिका–६ का वडाध्यक्ष सकिल अन्सारीले कोरोना संक्रमणमुक्त भई घर फर्केको खुसीयालीमा गाउँमा मोटरसाइकल र्याली निकाल्दा मंगलबार राति झडप भएको छ । निषेधाज्ञाको अवज्ञा गर्दै उनले ठूलो संख्यामा र्याली निकालेपछि स्थानीय नागरिकसँग झडप भएको हो ।
कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको खुसीयालीमा २० वटा मोटरसाइकलमा ४० जना जतिको समूहमा र्याली निकालेका वडाध्यक्ष अन्सारीको समूह र स्थानीयबीच राति झडप भएको हो । उनले गाउँमा र्याली निकाल्दा स्थानीयले ढुंगामुडा गरेका थिए । झडपमा दुवै पक्षका ७ जना घाइते भएको इलाका प्रहरी चन्द्रनिगाहपुले जनायो ।
वडाध्यक्ष अन्सारीलाई कोरोना संक्रमण पुष्टि भएपछि भदौ ९ गते चाँदीपार्क आइसोलेसन कक्षमा राखिएको थियो । एक सातापछि उनको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसैको खुसीयाली मनाउन ६ नम्बर वडाको खतवैया गाउँमा मोटरसाइकल र्याली गरिरहेको अवस्थामा स्थानीयले विरोध गर्दा दुवै पक्षबीच ढुंगा हानाहान भएको इलाकाका डीएसपी हेमबहादुर शाहीले बताए ।
घाइतेको स्थानीय मेडिकल र केहीलाई चन्द्रपुर अस्पताल ल्याइएको छ । स्थिति नियन्त्रणमा लिन इलाका प्रहरीबाट इन्सपेक्टर नितेश सिंहको कमान्डमा थप सुरक्षाकर्मी खटिएको छ । वडाध्यक्ष अन्सारीले निषेधाज्ञाको उल्लंघन गर्दै ठूलो जमातमा र्याली गर्न थालेपछि आफ्नै वडाका मानिसहरु आक्रोशित भएका थिए ।
इलाका प्रहरीका अनुसार झडपमा वडाध्यक्ष पक्षका खतवैया गाउँका सदिक अन्सारी, शारदा देवी, प्रमिला चौधरी, वकिल अन्सारी, मोजमिल अन्सारी घाइते भएका छन् । उनीहरुको निधार, हात र दाँतमा चोट लागेको छ ।
झडपमा स्थाानीय जयदा खातुन, शेष नसिब घाइते भएका छन् । उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेको आरोपमा इलाका प्रहरीले राति नै केहीलाई पक्रेर अनुसन्धान थालेको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Twosided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Group Clash |
Weapons | Unclear |
Primary Cause | Other non-economic personal issues (revenge, passion etc.) |
Secondary Cause | Lockdown Enforcement |
Actor 1 - Number of people | 40 |
Actor 1 - Affiliations | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 40 |
Actor 2 - Affiliation | Citizen/Individuals |
Actor 2 - Youth | unknown |
Total Injured | 7 |
Female Injured | 3 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19