Incident Reports

हसिया प्रहार गरी पत्नीको हत्या, आरोपित गिरफ्तार

2020-09-02

Sudurpashchim, Achham, Sanphebagar, Ward 11

साँफेबगर नगरपालिका–१३ बाब्लाका ४६ वर्षीया धनादेवी कुँवरलाई भदौ १७ गते दिउसो हसिया प्रहार गरी हत्या गरेको अरोपमा प्रहरीले ५२ वर्षीय पति दिपकबहादुर कुँवरलाई गिरफ्तार गरेको छ ।

पत्नीलाई हसिया प्रहार गरी हत्या गरेर भाग्न लागेको अवस्थामा कुँवरलाई स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय, साफेबगरमा जानकारी गराएपछि प्रहरीले गिरफ्तार गरेको पीडितका देवर नाता पर्ने मिनबहादुर कुँवरले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।

घरायसी विवादपछि सोही गाउँ नजिकै पैरो भन्ने स्थानमा बाख्रा चराउन गएको अवस्थामा आरोपित कुँवरले हसियाले गर्धनमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको इन्स्पेक्टर जोशीले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

आरोपितलाई जिल्ला प्रहरी कार्यालय, मंगलसेन ल्याएर थप अनुसन्धान भइरहेको र शवको पोष्टमार्टम भदौ १७ गते जिल्ला अस्पताल मंगलसेनमा भएको इन्स्पेक्टर जोशीले बताउनु भयो ।

शिवराज ढुङ्गाना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments