Incident Reports

सिचाइँ सुविधाको माग गर्दै वडाबासी आन्दोलित

2020-09-03

Province 1, Sunsari, Inaruwa, Ward 6

सुनसरी, १८ भदौ । सिचाइँ सुविधाको माग गर्दै सुनसरी इनरुवा–६ का किसान आन्दोलित बनेका छन् । इनरुवा ६ का वडाबासीहरूले सिचाइँ सुविधा र नहर–पैनी सफाइसहितका ७ सुत्रीय माग राख्दै बिहीबार आन्दोलन गरेका हुन् ।

किसानहरूले बिहीबार इनरुवा नगरपालिका–६ को वडा कार्यालयमा जम्मा भइ नाराबाजीसहित धर्ना दिए का थिए । आन्दोलित किसानहरूले धान खेतमा हाल्ने रसायनिक मल तथा सिंचाइ सुविधाको व्यवस्था गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेको स्थानीय रवणकुमार फुयालले बताए । 

इनरुवा–६ का किसानहरूलाई वडाअध्यक्ष कोषराज अधिकारीले उपेक्षा गरेकाले आन्दोलित बनेको अर्का किसान विक्रम पराजुलीले बताए ।

स्थानीयबासी थापाका अनुसार इनरुवा ६ मा किसानहरूले करिव ४ सय ५० हेक्टर जग्गामा लगाएको धानबालीमा समयमा रसायनिक मल र सिंचाइँको व्यवस्था नहुँदा किसानहरू बाध्य भएर आन्दोलित बनेको हो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Secondary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments