Incident Reports

जबरजस्ती करणीको आरोपमा दुई जना थानकोट प्रहरीको नियन्त्रणमा

2020-09-03

Bagmati, Kathmandu, Chandragiri, Ward 1

काठमाडौं, १८ भदौ । काठमाडौंको चन्द्रागिरी–१ दहचोक बस्ने एक महिलालाई अपरिचित व्यक्तिहरूले सामूहिक करणी गरेको अभियोगमा दुई जना प्रहरी नियन्त्रणमा परेका छन् ।

विहीबार १९ वर्षीया महिलालाई करणी गरेको आरोपमा दुई जना पुरुषलाई महानगरीय प्रहरी बृत्त थानकोटले नियन्त्रणमा लिएको हो ।


महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख घनश्याम श्रेष्ठका अनुसार मुगुको सोरु गाउँपालिका वडा नम्बर १० घर भई का.जि. चन्द्रागिरी न.पा. ३ बस्ने २८ वर्षीय लोकेन्द्र बहादुर मल्ल र २३ वर्षीया रतन बहादुर शाहीलाई नियन्त्रणमा लिइएको हो ।

थानकोट बृत्तका अनुसार नियन्त्रणमा परेकाबिरूद्ध मुलुकी अपराध संहिता–२०७४ को करणी सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments