Incident Reports

मेलुङ गाउँपालिकाको कार्यालयमा तालाबन्दी

2020-09-03

Bagmati, Dolakha, Melung, Ward 4


दोलखा, १९ भदौ । दोलखाको मेलुङ गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । मेलुङ गाउँपालिका ४ का युवाहरुले बिहीबार दिउँसो करिव १ बजे तालाबन्दी गरेका हुन् ।

स्थानीय युवाहरुको समूहले संघीय सरकारको विशेष अनुदानमा अनुदानमा भेडापू खानेपानी आयोजना (भेड्पु १,२ ३) जस्ताको तस्तै कार्यन्वन गर्नु पर्ने, आ. ब. ०७३/७४ देखि ०७७/७८ सम्मको आर्थिक प्रगति प्रतिबेदन सार्बजनिक गर्नुपर्ने , आ. ब. ०७३/०७४, ०७४/०७५ मा वडा कार्यालयमा खरिद गरिएको फर्निचरको विवरण सार्बजनिक गर्नुपर्ने , पशु-कृषि कार्यलयको प्रगति विवरण सार्बजनिक गर्नुपर्ने र कोभिड-१९ सम्बन्धित कार्यक्रमहरु यथासिघ्र सार्बजनिक गर्नुपर्ने भन्दै तालाबन्दी गरेका हुन् ।

युवाहरुको समूहले पटक पटक आफूहरुले राखेको माग  गउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले
वेवास्था गरेको कारण कार्यालयमा तालबन्दी गरेको जानकारी दिए

प्रहरी चौकी मेलुङबाट खटिएका प्रहरीले गाउँपालिकाको कार्यालयमा सुरक्षा प्रदान गरिरहेको छ । उक्त घटनामा संलग्न केही युवाहरूलाई प्रहरीले हिजो नै नियन्त्रणमा लिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Secondary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments