Incident Reports

बैतडी : किशोरीमाथि शिक्षक र कर्मचारीबाटै पटकपटक बलात्कार, प्रहरीद्वारा अनुसन्धान जारी

2020-09-07

Sudurpashchim, Baitadi, Sigas, Ward 8

बैतडी,  २२ भदौ । बैतडीको सिगास गाउँपालिकाकी एक किशोरीलाई ३ जनाले पटक-पटक जबरजस्ती करणी गर्ने गरेको आरोप लागेको छ । वडा नं ८ को एक जनचेतना आधारभुत विद्यालयका शिक्षक खडक बोहरा, गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी केसव बोहरा र स्थानीय राम बोहराले १७ वर्षीय किशोरीलाई पटक-पटक बलत्कार गरेको अरोप लागेको हो ।

बलत्कार पश्चात गर्भ रहेपछि घटना बाहिरीएको पिडितका आफन्तले जानकारी दिनुभयो । विद्यालय आउँदा-जादा र बाहिर एक्लै भेटेको मौकामा बलात्कार गर्ने गरेको स्वयं पीडित किशोरीले बताउनुभयो । घटनाबारे बाहिर कुरा गरे ज्यान मार्ने धम्की दिने गरेकाले डरले कसैसँग कुरा नगरेको उहाँको भनाइ छ ।

यता जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । डिएसपी अधिकारीले भन्नुभयो, “सम्बन्धित ठाँउमा गएर पिडित किशोरीलाई ल्याएर सुरक्षित महिला आवास गृह वा अन्य सुरक्षित स्थानमा व्यवस्थापन गर्नेबारे साेचेका छाैँ । तर किशोरीले आउन नमानेको अवस्था छ ।  हामी ल्याएर न्याय दिलाउने बाटो पहिल्याउछौँ ।” अनुसन्धन सुरु भइरहेको उहाँको भनाइ छ ।

पीडित किशाेरीकाे भनाइ (उनकै शब्दमा)

गत साल मंसिरकाे महिना थियो । आमा घास काट्न जानुभएको थियो । बुवा रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्थ्याे । घरमा एक्लै बसिरहेको बेला सिगास वडा न. ८ कै एक विद्यालयमा कार्यरत खडक बोहरा सर आए। जसले मलाई एक कक्षादेखि आठसम्म पढाएका थिए। मैले तल्लो घरमा जाने तयारी गर्दै गर्दा उनले मलाई च्याप्प समाते, वरिपरि कोही थिएनन् । मेरो मुख बन्द गरेर जबरजस्ती गरे । म केही बोल्न सकिनँ । यसो भइरहँदा जोर-जोरले चिच्याउन खोजेकी थिएँ । तर मुख बन्द थियो, आवाज नै निस्केन,  एकछिन बेहोस भएँ ।

उठ्नै सकिनँ, निकै पीडा भइरहेको थियो । साँझ आमा घरमा आउनुभयो तर दिउँसोको कुरा भन्ने आँट नै आएन । म चुपचाप बसे । त्यसपछि खडक सरले अर्का राम बोहरालाई त्यो कुरा भनेछन् । राम बोहरा पनि सिगास- ८ कै स्थायी बासिन्दा हुन् । दुई जनाले पटकपटक आफूमाथि जबरजस्ती गरे । कुनै दिन खडक, कुनै दिन राम सर आफू विद्यालयबाट घर फर्किंदा सँगै आउने र मौका मिल्नेबित्तिकै  ममाथि जबरजस्ती गर्ने गर्थे । कुरा बाहिर ल्याएमा मार्ने धम्की समेत दिन्थे। ‘तँलाइ बदनाम गर्दिन्छौ ‘भनेर अनेक दबाब दिन्थे ।

त्यो कुरा गाउँपालिकामा कम्प्युटर प्राबिधिकका रुपमा कार्यरत (एम आइ एस अपरेटर) केशव बोहराले पनि थाहा पाएछन् । पहिलोचोटि बलात्कृत भएको एक महिनापछि म उपचारका लागि बझाङको देउलेक जानुपरेकाे थियाे ।अर्को पटक पुनः शौचालयमा गएका बेला  तिनै शिक्षकसँगै गाउँपालिकामा कार्यरत केशव बोहरा पनि भित्र पसे । शौचालयको ढोका थुनेर त्यही  ममाथि जबरजस्ती भयाे । त्यो दिन पनि कसैलाई भन्न सकिनँ । त्यसको केही महिनापछि थाहा भयो- मेराे पेटमा बच्चा बसिसकेछ । अब मसँग दुईवटा विकल्प मात्र थिए । कि त आत्महत्या गर्ने वा घर छोडेर जाने । धेरै दिनसम्म मनमा यस्तै सोच आइरह्यो । छिमेकी गाउँको केटासँग भागेर गएँ । मेरो बाल बिवाह हो, सानै उमेरमा यत्रो पीडा र बज्रपात खेप्नुपर्यो समाज र परिवारबाट तिरस्कृत हुदा मैले केही सोच्नै सकिनँ ।

उ सँग पहिलेदेखिनै चीनजान थियो । उसले पनि लग्छु भनेपछि फागुनमा भागेर उसको घर गए । पेटमा बच्चा रहेको कुरा कसैलाई थाहा थिएन । केही महिना सबै कुरा ठिकठाकै चल्यो । जब भदौमा छोरी जन्माएँ । गाउँघरमा हल्लीखल्ली भयो । किनकि बिहे गरेको छ महिना मात्रै भएको थियो । कस्को बच्चा हो भनेर घरमा सोधखोज हुन थाल्यो । त्यसपछि बाध्य भएर ती शिक्षक खडक बोहरा, गाउँपालिकामा कार्यरत कर्मचारी र राम बोहराबारे बोल्नैपर्ने अवस्था आयाे र यो कुरा सार्वजनिक गरेँ ।

गाउँका सबैजनाले जस्को बच्चा हो , उसैले जिम्मा लिनुपर्ने कुरा गर्दैछन् । वडा र गाउँपालिकाका मान्छेहरुले ‘यतै’ मिलाउने भन्दै कहीँ नजान भनेका छन् । माइती पट्टीका एकदुई जना दाइहरुले प्रहरीमा जान सल्लाह दिएका थिए । मलाई पनि त्यही ठिक लागेको थियो । तर गाउँका जान्नेसुन्ने तथा वडा र गाउँपालिकाका सबै मान्छेले मिलाउँछौ भनेका छन् ।

जसले जे भने पनि ममाथि जबरजस्ती गरेर यो अवस्थामा पुर्‍याउनेहरुलाई सजायँ होस् भन्ने चाहन्छु। तर म एक्लै के गरुँ  ? गाउँभन्दा बाहिर कहीँ गएकी छैन । के गर्नुपर्ने हो त्यो पनि थाहा छैन । मनमा त लागिरहेको छ कि आज ममाथि त्यस्तो गर्नेहरुले भोलि अरुलाई पनि नगर्लान् र  ? यो ५/६ महिनाको अवधिमा उनिहरुले त्यस्तै किसिमका अरु ७/८ वटा घटना गरिसकेको सुन्नमा आएको छ । एउटाले बलात्कार गरेपछि अर्कोलाई भिडाइदिने । अर्कोले अर्कोलाई गरेर महिलाहरुलाई नै गलत प्रमाणित गर्ने गरेका छन् भन्ने सुनेको छु । 

 यतिबेला म मर्नुं न बाँच्नुको अवस्थामा पुगेकी छु । मेरो मानसिक अवस्थामा खराबी आएको छ। समाज र स्थानीयले गर्ने व्यवहार, अपहेलना खपिनसक्नु छ, कतैबाट न्याय पाइएला कि भन्ने आशामा छु । तर स्थानीय सरकारले मेरो पिडा बुझ्न सकेको छैन  ।आर्थिक मिलोमतो गरौँ भन्दै  दबाब दिएका छन्, नभए तँलाइ समेत कारवाही हुन्छ भनेका छन् । म अन्यौलमा छु ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments