Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-09-05

Madhes, Saptari, Kanchanrup

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकविरूद्ध भदौ २२ गते उजुरी दर्ता गरेको छ ।

पीडित बालिकाको आमाको उजुरीका आधारमा आरोपित बालकलाई भदौ २१ गते गिरफ्तार गरी भदौ २२ गते उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी नरेशकुमार सिंहले बताउनु भयो ।

डिएसपी सिंहका अनुसार उजुरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो ।

पीडित बालिकालाई आरोपितले भदौ २० गते बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भदौ २१ गते गरिएको अस्पतालले जनाएको छ ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments