Incident Reports

कञ्चनपुरमा बन्धक बनाएर १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

2020-08-30

Sudurpashchim, Kanchanpur, Beldandi, Ward 5

महेन्द्रनगर: कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको आरोप लागेको छ।

जिल्लाको बेल्डाँडी गाउँपालिकामा ५ दिनदेखि वेपत्ता किशोरीमाथि स्थानीय युवाले बलात्कार गरेको आरोप लागेको हो। पीडित पक्षले घटना बारे प्रहरीलाई जानकारी दिएका छन्।

पाँच जना युवाले पाँच दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको पीडित पक्षले बताएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले घटनाबारे थप अनुसन्धान भईरहेको र उजुरी दर्ता भईरहेको बताए।

स्वास्थ्य परीक्षणका लागि किशोरीलाई माहाकाली अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।


Update

------------

बलात्कारको घटनामा लापरवाही गरेको भन्दै कञ्चनपुरमा प्रहरी जवान पक्राउ

प्रहरीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायाले बलात्कार घटनामा लापरवाही गरेको भन्दै पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार बलात्कार घटनामा लापरवाही गरेको भन्दै पक्राउ परेका प्रहरी जवान रोकायालाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झिकाउने काम भइरहेको छ ।


Update
बलात्कार घटनाका आरोपित गिरफ्तार


१६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले बेल्डाडी गाउँपालिका–५ का २५ वर्षीय मनमोहनसिंह साउदलाई भदौ २३ गते गिरफ्तार गरेको छ ।

पाँच जना युवाले पाँच दिनसम्म बन्धक बनाएर सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित मनमोहनसिंह साउद लगायत पाँच जनाविरुद्ध भदौ २३ गते इलाका प्रहरी कार्यालय, बेल्डाडीमा उजुरी दिएपछि प्रहरीले आरोपितमध्येका मनमोहनसिंह साउदलाई गिरफतार गरेको हो । 

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले आरोपितमध्येका साउदलाई गिरपफ्तार गरी अनुसन्धान भइरहेको र अन्य फरार आरोपितहरुको खोजी कार्य भइरहेको इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो । 

पीडित बालिकालाई आरोपितहरुले लागुऔषध खुवाएर पाँच दिनसम्म बलात्कार गरेको पीडितका मामाले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो । 

पीडितको स्वास्थ्य परीक्षण भदौ २३ गते महाकाली अस्पतालमा गरिएको प्रहरीले जनायो । 

कोमलनिरन्जन भाट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media , INSEC

0 Comments