Incident Reports

निजामती सेवा दिवसकै दिन वडा सचिव माथी कुटपिट, कार्वाहीको माग

2020-09-07

Gandaki, Tanahun, Devghat, Ward 2

तनहुँ : देवघाट गाउँपालिका वडा नम्बर २ का सचिव गंगाराम मानन्धरमाथी कुटपिट भएको छ । सचिव मानन्धरलाई ऋषिङ गाउँपालिका–३ का २६ वर्षका धनसिंह मगर र सोही ठाउँका २३ वर्षका असिम थापाले सोमबार राती कुटपिट गरेका हुन् । मादक पदार्थ सेवन गरेर गएका उनीहरुले निवासमै सुतिरहेका वडा सचिव मानन्धरलाई सोमबार राती कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्नहरुलाई प्रहरीले मंगलबार दिउँसो वडा नम्बर २ को ब्यागतबाट पक्राउ गरेको थियो। पक्राउ पछि मंगलबार दिउँसो उनीहरुलाई देवघाट ल्याईएको हिरासतमा राख्न साँझ इलाका प्रहरी कार्यालय आवुँखैरेनी पठाईएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज प्रहरी नायव निरिक्षक उज्वलराज चिलुवालले बताए ।

निजामती सेवा दिवसकै दिन राती १० बजेको समयमा आफ्नो कोठामा सुतीरहेका वडा सचिव मानन्धरलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको घटनाप्रति देवघाट गाउँपालिका कर्मचारीले विरोध गरेका छन् ।

गाउँपालिकाका कर्मचारीहरुले मंगलबार प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलाई ज्ञापनपत्र बुझाई वडा सचिवलाई ज्यान मार्ने उद्देश्यले भएको कुटपिटबाट सम्पुर्ण कर्मचारीहरु असुरक्षित महशुस गरेको बताएका छन् ।

कुटपिटमा संलग्नरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै उक्त कुटपिटको विरोधमा कर्मचारीहरुले एक साता वडा नम्बर २ को कार्यालय बन्द गर्ने जनाएका छन् । साथै राष्ट्र सेवक कर्मचारीहरुको सुरक्षामा गम्भिर बन्न अनुरोध गरेका छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments