Incident Reports

उदयपुरमा महिलाको हत्या

2020-09-12

Province 1, Udayapur, Katari, Ward 11

विराटनगर, २७ भदौ । सामान्य विवादमा उदयपुरमा एक युवकले महिलाको हत्या गरेका छन । उदयपुर जिल्लाको कटारी नगरपालिका–११ स्थित लखन थुम्का टोलमा शनिबार बिहान ५० वर्षीया महिलाको सोही ठाउँका २५ वर्षीय युवकले खुकुरी प्रहार गरि हत्या गरेका हुन । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका–११ का २५ वर्षीय ईश्वर मगरले स्थानीयवासी ५० वर्षीया महिला डोरकुमारी राउतको खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।

मादकपदार्थ सेवन गरेका मगरले छिमेकी ५० वर्षीया महिलासँग विवाद भएपछि खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । 

खुकुरी प्रहारबाट सख्त घाइते महिलाको उपचारका लागि कटारी अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए ।

महिलालाई खुकुरी प्रहार गरेर जङ्गलतिर फरार भएका मगरलाई प्रहरी टोलीले पक्राउ गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments