Incident Reports

सप्तरीमा बलात्कार आरोपमा पक्राउ

2020-09-12

सप्तरी, भदौ २७ गते । एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित १५ वर्षीय बालकलाई पक्राउ गरेको छ । 

पीडितकी आमाले दिएको उजुरीका आधारमा अनुसन्धानपछि पक्राउ परेका आरोपितविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले बताउनुभयो ।

आरोपितलाई गाउँलेले घटनास्थलबाट पक्राउ गरी प्रहरीको जिम्मा लगाएको हो । घाँस काट्न गएकी बालिकालाई एकान्त देखेर आरोपितले नियन्त्रणमा लिई पोखरीको डिलमा झाडी भएको स्थानमा लगी बलात्कार गरेको पीडितले बालिकाले बताइन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments