Incident Reports

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

2020-09-11

Madhes, Saptari, Balan Bihul, Ward 2

सुस्त मनस्थितीकी १७ वर्षीया बालिकालाई बलान बिहुल गाउँपालिका-२ का २१ वर्षीय चन्द्र यादव, २० वर्षीय चन्दन साह र एक अपरिचित व्यक्तिले सामूहिक बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा भदौ २८ गते उजुरी दिनु भएको छ ।

शौचालय गर्न भदौ २६ गते राति गएको बेला मुखमा गम्छा (तौलीया) बाँधेर अपरहण गरी तीन जनाको समूहले बलात्कार गरेको पीडितले बताउनु भयो । घटनापछि इलाका प्रहरी कार्यालय पुगेकी पीडितको भदौ २७ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको इन्स्पेक्टर रामराजा केशरीले बताउनु भयो ।

प्रतिवाद गर्दा आरोपितहरूले पीडितलाई कुटपिट समेत गरेका छन् । चिकित्सकहरूले पीडितको हातमा चोट लागेको र सुन्निएकाले एक्सरे गर्नुपर्ने बताएका छन् । भदौ २६ गते राति राति ९ बजेदेखि बेपत्ता पीडितलाई आरोपितहरूले मोटरसाइकलमा भदौ २७ गते विहान ३ बजे घर अगाडिको मन्दिर नजिक ल्याएर छाडेको पीडितकी आमाले बताउनु भयो । आरोपितहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments