Incident Reports

दार्चुलाको व्यास गाउँपालिकाका जनप्रतिनिधिद्वारा पुनः तालाबन्दी

2020-09-14

दार्चुला: दार्चुलाको व्याँस गाउँपालिकामा शुक्रबारदेखि लगाइएको ताला स्थानीयले काटेपछि सोमबार पुनः तालाबन्दी गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी र वडा नम्बर ३ का जनप्रतिनिधिले गाउँपालिकामा तालाबन्दी गरेका हुन्।

वडा नम्बर ३ ले गाउँपालिका अध्यक्ष दिलिपसिँह बुढाथोकीलाई भदौ १९ गते बुझाएको ज्ञापनमाथि सुनुवाई नभएको भन्दै भदौ २६ गतेदेखि गाउँपालिकामा ताला लगाइएको थियो। आइतबार स्थानीयले गाउँपालिकाबाट पाइने सेवा सुविधाबाट वञ्चित भएको भन्दै ताला काटेपछि सोमबार पुनः जनप्रतिनिधि र नेकपा व्यासले गाउँपालिकामा तालाबन्दी गरेका हुन्।

गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि बाहिर राखेर ११ वटै कोठामा तालाबन्दी गरिएको नेकपा व्यासका अध्यक्ष जयलाल विष्टले बताए। वडा नम्बर ३ का वडाअध्यक्ष उपेन्द्रसिह धामी, नेकपा व्यासका अध्यक्ष जयलाल विष्ट लगायतका व्यक्तिहरुको अगुवाईमा तालाबन्दी भएको हो।

उनीहरुलाई अढाइ सयको संख्यामा आएका स्थानीयले समेत सघएका थिए। तालाबन्दीपछि गाउँपालिकामा मंगलबार बस्ने भनिएको कार्यपालिका बैठक अवरुद्ध भएको छ।

व्याँस गाउँपालिका वडा नम्बर ३ सिनामा वडाबाट छनौट भई स्वीकृत भइसकेका योजनाहरुलाई गाउँपालिकाले शिर्षक परिवर्तन गरी रकमान्तर गरेकाले तालाबन्दी गर्नुपरेको याँस गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष धामीले बातए। योजनाको रकमान्तर गर्ने निर्णय फिर्ता गर्न ज्ञापनपत्र बुझाउँदा समेत कुनै सुनुवाई नभएकाले तालाबन्दी गर्नुपरेको वडाध्यक्ष धामीको भनाई छ।

वडा नम्बर ३ कार्यालयले छनौट गरेका योजनाहरु स्वयंसेविका पारिश्रमिक, तुसरपानी घोरेटो बाटो निर्माण, कृषि सहजकर्ता र टोल सुधार कृषक महिलालगायत कार्यक्रमहरुको व्याँस गाउँकार्यपालिकाको बैठकले शिर्षक परिवर्तन गरि रकमान्तर गर्ने निर्णय गरेको थिया । सोहि निर्णय फिर्ता लिनुपर्ने वडाको माग छ।

वडाबाट छनौट भएका योजनाहरु वडा कार्यालयको असहमतिका बिच गाउँकार्यपालिकाको बैठकले शिर्षक परिवर्तन गरी रकमान्तर गर्ने निर्णय गरेको वडा अध्यक्षको आरोप रहेको छ। वडाका जनताको आवश्यकता र मागका आधारमा छनौट गरिएका योजनाहरु वडा समिति र गाउँसभाबाट पनि स्विकृत भइसकेको अवस्थामा गाउँकार्यपालिकाले मनोमानि ढंगले शिर्षक परिवर्तन गरी रकमान्तर गरेकोप्रति वडावासी आक्रोशित छन्।

यस्तै कोरोनाको बेला भएको खर्च सार्वजनिक गर्नुपर्ने, योजनाको उपभोक्ता समिति गठनमा वडा अध्यक्षलाई वाइपास गरी कार्यपालिका सदस्यमार्फत गराउने गरेको भन्दै नेकपाले तालाबन्दी गरेको नेकपा व्यासका अध्यक्ष जयलाल विष्टले बताए।

यता गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी वडाअध्यक्षले लगाएको आरोप स्वीकार गर्न तयार छैनन्। ‘वडाका योजनाहरुलाई मैले एक्लैले रकमान्तर गरेको हैन्। योजनाहरु रकमान्तर गर्दा बैठकमा सहभागि हुने अहिले आएर हैन मैले बैठकमा पनि सहभागि भएको छैन अनि रकमान्तर पनि गरेको छैन भनेर हुन्छ’ उनले भने। ‘वडा ध्यक्ष धामी योजनाहरु रकमान्तर गर्दा बैठकमा सहभागी हुनुहुन्थो’ अध्यक्ष बुढाथोकीले भने ‘उतिबेला उहाँले सहमति जनाउनुभयो अहिले आएर तालाबन्दी गर्न मिल्दैन्।’

उनका अनुसार व्याँस गाउँपालिकाले गाउँपालिका भरी वितरण गर्नका लागि ल्याइएका जस्तापाता आधाभन्दा बढी वडा नम्बर ३ मा गएपछि चालूतर्फका केहि योजनाहरुको बजेट रकमान्तर गरेर विपद् व्यवस्थापन कोषमा राख्ने र सोहि रकमबाट थप जस्तापाता खरिद गर्ने निर्णय कार्यपालिका बैठकले गरेको थियो। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 250
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments