Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2020-09-13

Lumbini, Rupandehi, Siyari, Ward 1

२६ वर्षीया  महिलालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले  सियारी गाउँपालिका–१ का २४ वर्षीय अमरन मल्लाह विरूद्ध भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको  छ ।

पीडितलाई आरोपितले डर देखाएर ०७६ चैत देखि बलात्कार गर्दै आएकोमा अन्तिम पटक जेठ २२ गते बलात्कार गरेको र बलात्कारबाट  २० हप्ताको गर्भ रहेको उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

उजुरीका आधारमा कारबाही अगाडि बढाएको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको डिएसपी खडक बहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २८ गते  भीम अस्पताल भैरहवामा गरिएको छ ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments