Incident Reports

दलितमाथि हुने विभेदहरु विरुद्ध माइतीघरमा धर्ना

2020-09-15

Bagmati, Kathmandu, Kathmandu

 युवाहरुले “दलितमाथि हुने विभेदहरुको प्रतिरोध गरौं“ भन्ने नारासहित माईतिघर मण्डलामा धर्ना दिएका छन् । आज (मंगलबार) काठमाडौंमा रहेको माईतिघर मण्डलामा युवाहरुले धर्ना दिएका हुन् । संयुक्त राजनितिक दलित संघर्ष समिति, काठमाडौं र नागरिक समाजको आयोजनामा मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् ।

शम्भु सदा देखि जेल भित्र हत्या भएको सबै दलितहरू र अन्य जातीय घटनाको विरोध गर्दै न्यायको माग गर्दै उनीहरु धर्ना बसेका हुन् । 

पछिल्लो समय दलित समुदायमाथि जघन्य अपराधका घटनाहरु भएका छन् । दलितमाथि भएको विभेद र अत्याचारका घटनालाई सरकारको गम्भिर रुपमा लिएको देखिदैन् । 

भदौं २६ गते मात्रै कैलाली धनगढी– ५ का १९ वर्षीय रोशन विक प्रहरी हिरासतको शौचालयमा मृत भेटिए । पीडित परिवार र दलित अधिकारकर्मीले प्रहरीको यातनाले विकको मृत्यु भएको भन्दै विरोध गरिरहेका छन् । तर यो विषयमा प्रहरीमाथि कुनै छानबिन भने भएको देखिदैन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments