Incident Reports

ग्राहक बनेर बजार अनुगमन गर्दै उद्योगमन्त्री भट्ट : प्याज कालोबजारी गर्ने पक्राउ

2020-09-16

Bagmati, Kathmandu, Kathmandu

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ग्राहकको भेषमा बजार अनुगमनमा निस्किएका छन् । लकडाउन खुलेसँगै बढेको प्याजको मूल्यमा भएको वृद्धिबारे सत्य तथ्य बुझ्न मन्त्री अनुगमनमा निस्किनु भएको विद्यार्थी नेता डीबि साउदले जानकारी दिए ।

भट्ट राजधानीका विभिन्न होलसेल, खुद्रा पसल तथा तरकारी बजारको अनुगमनमा निस्किनु भएको हो निस्किएका हुन् ।

मन्त्रालयको टोलीसहित अनुगमनमा गएका मन्त्री भट्टले पछिल्लो समय बजारमा विभिन्न सामग्रीको मूल्यवृद्धि भइरहेकोप्रति मन्त्रालय गम्भीर बनेको र यसको नियन्त्रण गरिने बताउँदै आएका छन् । महँगोमा प्याज बिक्री गरेको भन्दै प्रहरीले बल्खुबाट एकजना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बल्खुस्थित प्याजको होलसेलर सुनिल केसी छन् ।

भारतले निर्यातमा रोक लगाएपछि अहिले उपत्यकामा प्याज अभाव हुन थालेको छ । काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा केसीले प्रतिकेजी १ सय ३० रुपैयाँको दरले प्याज बेचेको भेटिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ती व्यापारीलाई अहिले महानरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । उनिविरुद्ध कालोबजारीसम्बन्धी मुद्धा चलाइने बताइएको छ ।

प्रकासित मिति

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments