Incident Reports

डाक्टर सिंहको परिवारलाई क्षतिपूर्ति माग्दै युनिभर्सल मेडिकल कलेजको काठमाडौं अफिसमा तालाबन्दी

2020-09-17

Bagmati, Kathmandu, Kathmandu

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको हाडजोर्नी विभागका तत्कालीन प्रमुख डाक्टर ज्ञानेश्वरप्रसाद सिंहको परिवारलाई क्षतिपूर्ति माग गर्दै काठमाडौंस्थित उक्त कलेजको सम्पर्क कार्यालयमा तालाबन्दी गरिएको छ।

गत वर्ष भदौमा घाँटीमा अड्किएको हड्डी निकाल्ने क्रममा सहकर्मी डाक्टरले गरेको लापरबाहीले बिराम बल्झिएर मृत्यु भएका वरिष्ठ अर्थोपेडिक्स डाक्टर सिंहका परिवार विभिन्न चिकित्सक संघले कमलादीस्थित सम्पर्क कार्यालयमा ताला लगाएका हुन्।

डाक्टर सिंहका छोरा प्रज्वल सिंहका अनुसार मंगलबार र बुधबार पनि आफूहरू कुरा गर्न जाँदा कार्यालयका इन्चार्ज राजु बस्नेतले कुराकानी नै नगर्न नमानेपछि तालाबन्दी गरिएको बताए। वाइडिए, अनेरास्ववियू र मधेसी चिकित्सक संघका तर्फबाट तालबन्दी गरिएको हो।

‘हामी उहाँहरूसँग कुरा गर्न चाहन्थ्यौं। दुई दिनसम्म भेट्न खोज्यौं तर उहाँहरू सम्पर्कमा आउन चाहनु भएन,’ बंगलादेशमा एमबिबिएस पढिरहेका सिंहले भने,‘बाध्य भएर आज विभिन्न संगठनका दाइहरू आएर तालाबन्दी गर्नुभएको छ।’

डाक्टर सिंहको गत माघ २ गते मृत्यु भएको थियो। त्यसपछि उनकी पत्नी वीना सिंहले नेपाल मेडिकल काउन्सिलमा उपचारमा संलग्न डाक्टरलाई कारबाही र क्षतिपूर्ति माग्दै उजुरी दिएकी थिइन्।

काउन्सिलले उजुरीको अनुसन्धान गर्दै भदौ ११ गते डाक्टर सिंहको अपरेशन गर्ने चिकित्सकले लापरबाही गरेको ठहर गरेको थियो।

यता युनिभर्सलका प्रबन्ध निर्देशक खुमा अर्यालले भने डाक्टर सिंहको परिवारलाई क्षतिपूर्ति दिन नसकिने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अर्यालले कलेजले कुनै हालतमा क्षतिपूर्ति नदिने, दिनु पर्ने भए दोषी देखिएका डाक्टरले दिने बताएका छन्।

उनले क्षतिपूर्ति कसले दिनु पर्ने हो भन्ने टुंगो लगाइदिन पनि काउन्सिललाई अनुरोध गरेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments