Incident Reports

प्याजमा कालोबजारी गर्ने बाराका ब्यापारी पक्राउ

2020-09-17

Madhes, Bara, Kalaiya, Ward 1

प्याजको कालोबजारी गरेको आरोपमा बाराको कलैया उप–महानगरपालिका–१ स्थित खुसी स्टोरका सञ्चालक चन्दन साहलाई प्रहरीले पक्रेको छ ।

खरिद मूल्यभन्दा दोब्बरमा बिक्री गरेको फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डिएसपी) गौतम मिश्रले रातोपाटीलाई बताए ।  

प्याजको कृतिम अभाव देखाएर साहले ४३ रुपैयाँमा खरिद गरको प्याज ८० रुपैयाँमा बेचेका थिए ।

बिहिबार पक्राउ गरिएका उनलाई कालो बजार तथा केही सामाजिक अपराध ऐन–०३२ अनुसार ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए । 

साह प्याजका होलसेल विक्रेता हुन । खुसी स्टोरमा लुकाएर राखेको ४ सय ५८ केजी प्याज प्रहरीले बरामद गरेको छ । साह प्याजका होलसेल विक्रेता हुन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Other private sectors
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments