Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2020-09-15

Madhes, Saptari, Surunga, Ward 5

१९ वर्षीया महिलालाई गत भदौ ३० गते बलात्कार प्रयास गरेको आरोपमा सुरुङ्गा नपा–५ का २० वर्षीय मोहम्मद सहादतविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनाले असोज ४ गते उजुरी दर्ता गरेको छ ।

पीडितले असोज ३ गते दिएको उजुरीका आधारमा आवश्यक अनुसन्धान पश्चात उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असोज ३ गते भएको छ । आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इन्स्पेक्टर केशरीले बताउनु भयो ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments