Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी दर्ता नगरेको पीडितको आरोप

2020-09-16

Madhes, Dhanusha, Kamala, Ward 7

कमला नपा–७ हथमुण्डाका ७० वर्षीया देवकीदेवी सहनीलाई भदौ ३० गते दिउँसो सोही ठाउँका ४० वर्षीय विर्जु सहनी, ५५ वर्षीया मनटुटिया देवी सहनी, ३५ वर्षीय प्रवेश सहनी, २५ वर्षीय प्रदिप सहनी, २५ वर्षीय नाम थाहा नभएको प्रदिप सहनीकी पत्नी, १८ वर्षीया रिना सहनी, १८ वर्षीया अंजिला सहनीले कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा भदौ ३१ गते दिएको उजुरी दर्ता नगरेको पीडितले गुनासो गर्नु भएको छ ।

इन्सेक धनुषा प्रतिनिधिकै पहलमा निःशुल्क उजुरी लेखाएर जिल्ला प्रहरी कार्यालय धनुषामा भदौ ३१ गते नै उजुरी दिएको भएपनि अहिलेसम्म दर्ता नगरेको पीडितले बताउनु भयो ।

उहाँको प्रादेशिक अस्पताल जनकपुरमा भदौ ३० गते उपचार गरिएको छ । कथित बोक्सीको आरोपमा गोबर कोच्याउने प्रयास गरेको पीडितले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले घटनाबारे आफुहरू कहाँ उजुरी आएकोले यसबारे छानविन भइरहेको इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

दिपेन्द्रप्रसाद सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments