Incident Reports

गाउँपालिकाको मनपरीविरुद्ध विद्यालयमा कांग्रेसको ताला

2020-09-25

Lumbini, Gulmi, Isma, Ward 3

गुल्मी । जिल्लाको इस्मा गाउँपालिकाको मनपरीविरुद्ध नेपाली कांग्रेस इस्मा गाउँ कमिटीले विद्यालयमा ताला लगाएको छ । गाउँपालिकाको ३ नम्बर वडा दर्लामचौरमा रहेको सुन्तलादेवी निम्न माध्यमिक विद्यालयमा विगत एक हप्तादेखि काङ्ग्रेसले ताला लगाएको हो ।

विद्यालयमा प्रध्यानाध्यापक नियुक्ति गर्दा गाउँपालिकाले शिक्षा नियमावलीलाई मिचेर मनपरि तरिकाले गाउँपालिका अध्यक्ष लक्षमण विष्टकी बुहारीलाई नै प्रध्यानाध्यापक बनाएको भन्दै त्यसैको विरोधमा काङ्ग्रेसले ताला लगाएको हो । विद्यालयमा प्रध्यानाध्यापकका रुपमा काम गर्दै आएका निरबहादुर विष्टले भदौ १४ गते अवकाश पाए ।

शिक्षा नियमावलीकाअनुसार विद्यालयमा नयाँ प्रध्यानाध्यापक बनाउदाँ शिक्षा शाखाले सूचना आह्वान गर्नुपर्छ । इच्छुक उम्मेद्धारले विद्यालय विकास प्रस्तावसहित आवेदन फारम भर्नुपर्छ । त्यसैका आधारमा उत्कृष्ट उम्मेद्धारलाई शिक्षा शाखाको सिफारिसमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतले सम्झौता गर्ने व्यवस्था छ ।

त्यत्तिञ्जेलसम्म निमित्त प्रध्यानाध्यापकको जिम्मेवारी विद्यालयमा रहेको सिनियर शिक्षकलाई दिनुपर्छ । त्यसो गर्दा विद्यालयमा रमेश जिसीले निमित्त प्रध्यानाध्यापकको जिम्मेवारी पाउनुपर्ने हो । तर गाउँपालिकाले गाउँपालिका अध्यक्षकी बुहारी शोभा विष्टलाई सिधै प्रध्यानाध्यापक नियुक्त गरेकोले आफुहरुले त्यसको विरोधमा तालाबन्दी गरेको काङ्ग्रेस इस्मा गाउँपालिकाका नेता चन्द्र बहादुर महतले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments