Incident Reports

डा. गोविन्द केसीको समर्थनमा दमौलीका दुई युवा बसे अनशन

2020-09-25

Gandaki, Tanahun, Byas

तनहुँ, ९ असाेज । डा. गोविन्द केसीको समर्थनमा दमौलीका दुई युवा अनसन बसेका छन् । चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै १९ औं पटककाे अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालबाट सेवा निवृत्त चिकित्सक डा. केसीको समर्थनमा दमौलीका दुई युवा १९ घण्टे अनशन बसेका हुन् ।

दमौलीका स्थानीय युवा सागर घिमिरे र विनोद हमालले केसीको समर्थनमा व्यास- ३ स्थित ट्राफिक चोकमा बिहान ११ बजेदेखि अनसन सुरु गरेका हुन् । उनीहरुले शनिबार बिहान ६ बजेसम्म अनसन बस्ने जनाएका छन् ।

अनसन बसेका घिमिरेका अनुसार डा. केसी पटकपटक अनशन बसे पनि माग पूरा नभएको र जीवन नै खतरामा पर्दा पनि सरकार गम्भीर नभएको भन्दै उनको माग पूरा गराउन दबाब दिनका लागि अाफूहरू अनसन बसेको बताए । चिकित्सा शिक्षा सुधारका अभियन्ताका रूपमा प्रख्यान डा. केसीले गएको सोमबार अर्थात् भदौ २९ गतेदेखि जुम्लामा १९ औँ अनशन सुरु गरेका हुन् । पछि उनलाइ काठमाडाैँ लगिएकाे छ ।

डा. केसीले नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र वर्तमान सरकारको लुटतन्त्र, तानाशाहीतन्त्रविरुद्ध १९ औँ सत्याग्रह सुरु गरेको बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, कैलालीकाे गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउन उनले माग गरेका छन् ।

यसअगाडिका सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू पुनः अनशन बस्न बाध्य भएको डा. केसीको भनाइ छ। डा. केसीले १६ औँ सत्याग्रह पनि जुम्लामा सुरू गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments