Incident Reports

सप्तरीमा जनप्रतिनिधिबाटै कोरोना संक्रमितलाई दुर्व्यवहार

2020-09-26

Madhes, Saptari, Khadak, Ward 8

जनकपुरधाम-सप्तरीमा जनप्रतिनिधिले नै कोरोना संक्रमितसँग दुर्व्यवहार गरेका छन्। कोरोना संक्रमित भइ होम आइसोलेशनमा बसेका सप्तरीको खड्ग नगरपालिका वडा नम्बर ८ का कोरोना संक्रमितले आफुसँग दुव्र्यवहार भएको आरोप लगाएका छन्।

खड्ग नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मोइसराईल मियाँले घरलाई नै आइसोलेशन बनाएर कोरोना संक्रमण फैलाइ रहेको आरोप लगाई जथाभावी बोलेर वडाध्यक्षले संक्रमितको मनोबल घटाउने कार्य गरेको संक्रमितको आरोप छ।

विना कुनै लक्षणको आधा दर्जन संक्रमित एक्कै ठाउँमा रहेको र अवस्था राम्रो रहेपनि जनप्रतिनिधिको दुव्र्यवहारले आफुहरुलाई दुखी तुल्याएको संक्रमितहरुले बताएका छन्।

‘हामी सबै जना संक्रमितहरु होम आईसोलेसनमा बसीरहेको समय वडाध्यक्षजीले लामो समयपछि एकाएक एम्बुलेन्स र प्रहरीको एक टोलीलाई घरमै मगाएर हामी माथि जाई लाग्नु भयो र आमा र दिदीसंग केहि क्षण भनाभन समेत गर्‍यो।’

स्थानिय सञ्चारकर्मी समेत रहेकी संक्रमितले बताइन्।वडाध्यक्षले लामो समयसम्म आफुहरुको मनोबल खसाउने कार्य गर्दै जथाभाविरुपमा तल्लोस्तरमा उत्रेर आफूहरु माथि खनिएको बताइन्।

संक्रमित सञ्चारकर्मीले भनिन्, ‘म लगायत ६ जना संक्रमित एकै ठाउँमा बसेका छौँ, म र मेरी दिदी सिएमए अर्थात स्वास्थ्य सम्बन्धी अध्ययन समेत गरेका छौँ।’, कोरोना संक्रमित भएपछि कसरी बस्ने र आफुबाट अरुलाई नफैलिन दिनको लागि अपनाईने उपायहरु समेत अपनाई रहेको समय वडाध्यक्षज्यूको व्यवहारबाट हाम्रो मानमर्दन भएको छ। संक्रमितसंगको व्यहावर तल्लोस्तरमा उत्रेर गर्नु उचित होइन।’

सरकारले होम आईसोलेसनमा बस्न पाउने नियम बनाए अनुसारनै आफुहरु होम आइसोलेसनमा बसेको र आफूसँगै स्वास्थ्य परिक्षण भएका र ट्रेसिंगको आधारमा कोरोना पोजेटिभ आएकाहरु सबैजना एकै ठाउँमा सबेको उनले बताइन्।

यता,वडाध्यक्ष इसराईल मियाँले आफूले प्रहरी र एम्बुलेन्स लिएर संक्रमितको घरमा गएको, तर संक्रमितसँग कुनै प्रकारको दुर्व्यवहार नगरेको दावा गरेका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Prejudice and Discrimination
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports