Incident Reports

परराष्ट्रमन्त्री ज्ञवालीको राजीनामा माग्दै सुर्खेतमा प्रदर्शन

2020-09-26

काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको राजीनामा माग्दै सुर्खेतमा प्रदर्शन भएको छ । राष्ट्रिय एकता अभियानका नाममा उक्त प्रदर्शन भएको हो । हुम्लामा चीनले सीमा मिचेको भन्ने विषयमा सरकारको तर्फबाट परारष्ट्रमन्त्री ज्ञवालीले दिएको प्रष्टीकरण आपत्तिजन रहेको राजीनामा मागेर प्रदर्शन गरेको हो ।

कर्णाली प्रदेश सदरमुकाम सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रदर्शनमा सहभागीले सीमा अतिक्रमण बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद, हुम्लाको नेपाली भूमिबाट चिनियाँ फिर्ता जाऊ, सोझो नेपालीसँग छलछाम बन्द गर लगायतका नारा लगाएका थिए । उनीहरुले ‘गो ब्याक चाइना’, नेपाल आमाको जय, राष्ट्रिय एकता अभियान जिन्दावाद भन्ने नारा लगाएको स्थानीयले बताएका छन् ।

२ जना पक्राउ

प्रदर्शनमा उत्रिएका मध्ये २ जना पक्राउ परेका छन् । अभियन्ता लेखक गौतम र प्रवेश सुनुवारलाई प्रहरीले पक्राउ गरेको अभियानका केन्द्रीय संयोजक विनय यादवले जानकारी दिए ।

उनले भने, ‘शन्तिपूर्ण आन्दोलनमा पनि प्रहरीले दमन गरेको छ । यो सरासर गलत हो, हाम्रा अभियन्तालाई प्रहरीले तत्काल नछाडे कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।’

पक्राउ परेका अभियन्तालाई तत्काल रिहा गर्न पनि उनले माग गरेका छन् ।

हुम्लाको मान्खा गाउँपालिकामा चीनले नेपाली भूमि मिचेर आधुनिक भवनहरू बनाएको भन्ने समाचार आएपछि बुधबार मन्त्री ज्ञवालीले चीनले आफ्नै भूमिमा संरचनाहरु बनाएको र नेपाली भूमि नमिचेको बताएका थिए ।

लगत्तै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी समाचारको खण्डन गर्दै चीनले सीमाबाट करिब एक किलोमिटर टाढा आफ्नै भूमिमा संरचनाहरू बनाएको जनाएको थियो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Secondary Form Detention of Protesters
Primary Cause Other governance issues
Secondary Cause Freedom of Assembly
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Other Hindu Nationalist and Regional Unity Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments