Incident Reports

डा. केसीको जीवन रक्षाको माग गर्दै धनगढीमा शनिबार पनि प्रदर्शन

2020-09-26

Sudurpashchim, Kailali, Dhangadhi

धनगढीः धनगढीमा डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै शनिबार पनि प्रदर्शन गरिएको छ। डाक्टर केसीको समर्थनमा आज धनगढी पार्क मोडमा प्रदर्शन गरिएको हो।

प्रदर्शनमा उत्रिएका समर्थकहरुले डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने, सबै मागहरु पूरा गर्नुपर्ने लगायतका प्लेकार्डहरु बोकेका थिए।

डाक्टर गोविन्द केसी गत भदौ २९ गतेदेखि जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा १९औं अनसन बसेका थिए। तर स्वास्थ्यमा समस्या भएपछि उनलाई त्यहाँबाट काठमाडौं लगिएको छ।

स्वास्थ्यमा समस्या देखिन थालेपछि डाक्टर केसीलाई प्रहरीले बलपूर्वक ट्रमा सेन्टर पु¥याएको थियो। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments