Incident Reports

सुगर मिल सञ्चालन र बक्यौता भुक्तानीको माग राख्दै उखु किसान आन्दोलित

2020-09-28

Madhes, Rautahat, Garuda

रौतहट — रौतहटको गरुडा नगरपालिका-४ मा रहेको श्रीराम सुगर मिलको सञ्चालन र बक्यौता भुक्तानीको माग गर्दै उखु किसान आन्दोलनमा उत्रिएका छन् । सोमबार उनीहरुले गौर–चन्द्रनिगाहपुर सडक खण्ड बन्द गराएका छन् ।

किसानले मिल सञ्चालन र उखुको बक्यौता भुक्तानीको माग अघि सारेर तीनदिन देखि आन्दोलन गर्दै आएका छन् । बन्दका कारण सदरमुकाम गौर जाने सवारी साधनहरु रोकिएका छन् ।

वर्षेनी घाटा व्यहोर्न बाध्य भएको भन्दै गोल्छा समूहले सञ्चालन गर्दै आएको सुगर मिल बन्द गरिसकेको छ । २६ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको मिल बन्द हुँदा ३ सय २५ जना मजदुरको रोजगारी गुमेको छ । यसअघि सञ्चालकले मौखिक रुपमा मिल बन्द गर्ने जनाउँदै आए पनि कम्पनी सञ्चालक समितिको साउन ९ गतेको निर्णयले विधिवत रुपमा बन्द गरेको हो ।

उखुको भुक्तानीमा आलटाल गर्दै आएको मिल बन्द भएपछि किसान समस्यामा परेका हुन् ।किसानको उखुको रकम र कर्मचारीको तलब भत्ता दिन भएको चल/अचल सम्पति बिक्री गरि भुक्तानी दिने तयारीमा रहेको जनाउँदै अहिलेसम्म मिलले २ अर्ब १७ करोड ७५ लाख ५८ हजार घाटा व्यहोरेको सञ्चालकले जनायो । 

उधारोमा उखु किन्ने गरेको मिलले किसानलाई २०७१ साल देखिको झण्डै ३० करोड भन्दा माथिको रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक संघ रौतहटले जनाएको छ । यसैगरि अवकाश प्राप्त कर्मचारीहरुको ५० लाखभन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको छ । यही कारण संघकै नेतृत्वमा उखु किसानसहित मिलमा कार्यरत कर्मचारीहरु मिल सञ्चालन र भुक्तानीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका हुन् । मिलमा सिजनल, रेगुलर र करार गरि ३ सय २५ जना कर्मचारीहरु कार्यरत छन् । 

उखु उत्पादक संघ रौतहटका किसान र मिलमा कार्यरत मजदुर, कर्मचारीको हितलाई ध्यान नराखी छलफल नगरी आफूखुसी एकतर्फी रुपमा मिल्स बन्द गर्ने निर्णय गरेको भन्दै जिल्ला संघ विरोधमा उत्रेको हो । संघको रौतहटका वरिष्ठ उपाध्यक्ष रामप्रमोद प्रसाद यादवले मिल बन्द गरेर जिल्लाका किसान र कर्मचारीलाई बिचल्लीमा पारेर मिल बन्दको नाटक गरेको बताए । 

मिलमा कार्यरत कर्मचारीले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । १८ महिनादेखि सञ्चयकोष समेत व्यवस्थापन पक्षले पठाएको छैन । मिलबाट अवकाश प्राप्त कर्मचारीले पाउनुपर्ने उपदान समेत नदिइएपछि कर्मचारीहरु पनि किसानको आन्दोलनमा सहभागी भएका छन् । 

रौतहटको गरुडास्थित गौर चन्द्रनिगाहपुर खण्डमा चक्काजाम गर्न बसेका उखु किसानहरु । तस्बिरः शिव पुरी/कान्तिपुर 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments