Incident Reports

सिरहामा नाचको विषयमा विवाद : एक जना पक्राउ, प्रहरी कार्यालय घेराउ

2020-09-27

Madhes, Siraha, Laxmipur Patari

जयनाथ यादब, लहान : सिरहाको नवराजपुर गाउँपालिका ४ मा नाच नचाएको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेपछि स्थानीय आन्दोलित बनेका छन् ।

प्रहरी चौकी झाझपट्टीको टोलीले संजीव कुमार यादबलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा बुझाएका छन् । पक्राउ परेका यादबलाई रिहाको माग राख्दै स्थानीयले अहिले प्रहरी चौकी झाझपट्टी घेराउ गरेका छन् । घेराउ गर्नेहरु प्रशासनको दमनविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

जनता समाजवादी पार्टीका नेता शिव उदगार यादब (शिवा)ले प्रहरीले नाच नचाएको भन्दै महिला र बालबालिकालाई घरमा पसेर कुटपिट गरेको आरोप लगाए । उनले नाच कार्यक्रम नै नभएको तर प्रहरीले दमन गर्नुका साथै एक जनालाई पक्राउ गरेपछि प्रहरी कार्यालय घेराउ गर्न बाध्य भएको बताए ।

यस्तै जसपाकै नेताहरु जीवछ यादब, बन्सीलाल यादब, शिव उदगार यादब लगायतले पनि प्रहरी दमनको विरोध गरेका छन् । विना कारण पक्राउ गरेको भन्दै संजीवलाई रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

यता, प्रहरी निरीक्षक अरबिन्द कुमार साहले निषेधाज्ञा जारी भएको बेला नाच नचाएको र त्यहाँ पुग्दा ढुङ्गामुढा गरेकाले एक जनालाई पक्राउ गरेको दावी गरे । उनले पक्राउ परेकामाथि अनुसन्धान भइरहेको पनि बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence against civilians
Weapons Unclear
Primary Cause Law and Order Violence
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people N
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments