Incident Reports

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सल्यान अस्पताल र त्रिवेणी गाउँपालिका शिल

2020-09-30

Karnali, Salyan, Tribeni

सल्यान, असोज १४ गते । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सल्यान अस्पताल र गाउँपालिका शिल गरिएको छ । त्रिवेणी गाउँपालिका र जिल्ला अस्पताल सल्यानमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि शिल गरिएको छ । जनप्रतिनिधि र कर्मचारी सहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्रिवेणी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी सहित तीन जना, छत्रेश्वरी गाउँपालिकामा कर्मचारी सहित १५ जना, शारदा नगरपालिकामा १ र सल्यान अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।

योसँगै सल्यानमा कोरोना संक्रमित संख्या ३ सय ९८ पुगेको छ। ३ सय ४ जना भने निको भएर घर फर्किसकेका छन्।

त्रिवेणी गाउँपालिका सिल यस्तै जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिका सिल गरिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ। त्रिवेणी गाउँपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक रावलले मंगलबार साँझ ५ बजेबाट असोज २० गते राति १२ बजेसम्म गाउँपालिका कार्यालय, सबै वडा कार्यालय र लुहाम बजार क्षेत्रलाई सिल गरिएको बताउनुभयो ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments