Incident Reports

आंशिक प्राध्यापकहरुद्वारा पाटन क्याम्पसमा तालाबन्दी

2020-09-30

Bagmati, Lalitpur, Lalitpur


ललितपुर । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पाटन संयुक्त क्याम्पसका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयले भदौ १ गते जारी गरेको निर्देशिकाले प्राध्यापकले उठाएका माग सम्बोधन गर्ने नभइ विस्थापित गर्ने भन्दै आंशिक प्राध्यापकहरुको आन्दोलनका कार्यक्रम अनुरुप तालाबन्दी गरिएको हो ।

निर्देशिका खारेज हुनुपर्ने, आफू अनुकुल स्वार्थ केन्द्रित नीति नियमहरु ल्याउन बन्द गर्नुपर्ने, आंशिक शिक्षक तथा कर्मचारीहरुलाई समान ब्यवहार गर्नुपर्ने, समय र घन्टीको सिमित घेराभित्र राख्ने काम बन्द गर्नुपर्नेलगायतका मागहरु राखेर आन्दोलन स्वरुप तालाबन्दी गरिएको आंशिक प्राध्यापक पाटन क्याम्पस इकाइका अध्यक्ष ध्रुव गैरेले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments