Incident Reports

पत्नि हत्या घटनाका आरोपित गिरफ्तार

2020-09-29

Gandaki, Myagdi, Beni, Ward 1

बेनी नगरपालिका–१ रत्नेचौरको बेलबोटकी ४३ वर्षीया मायाँ सार्कीको हत्या गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति बीरबहादुर सार्कीलाई असोज १४ गते गिरफ्तार गरेको छ ।

पतिपत्नि बीच असोज १३ गते राति कुटपिट भएपछि पतिले पत्निकाे हत्या गरी,  मृतकलाई घर नजिकै बारीमा गाडेको भन्ने स्थानीयहरुले उजुरी दिएका थिए ।

सोहि उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसन्धान अधिकृत इन्स्पेक्टर ध्रुवप्रसाद शर्माको नेतृत्वमा पुगेको टोलीले घटनास्थलमा मृतकको शव गाडिएको अवस्थामा भेटिएपछि आरोपितलाई गिरफतार गरिएको इन्स्पेक्टर शर्माले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

उहाँले प्रारम्भिक अनुसन्धानबाट आरोपितले हत्यापछि शवलाई लुकाउन खोजेको जस्तो देखिएकोले हाल जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरी घटनाको अनुसन्धान अगाडी बढाइएको बताउनुभयो ।

मृत शरीरलाई उत्खनन गरी पोष्टमार्टमका लागि असोज १४ गते बेनी अस्पतालमा लगिएको तर मृत्युको कारण एकीन हुन नसकेकोले शव पोष्टमार्टमको लागि सोही दिन पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, पोखरा पठाइएको जिल्ला न्यायदिवक्ता प्रकाश कोइरालाले जानकारी दिनुभयो ।

अमृत प्रसाद पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments