Incident Reports

बुहारी हत्या अभियोगमा सासु पक्राउ

2020-09-30

Gandaki, Lamjung, Madhya Nepal, Ward 2

लमजुङ । बुहारी हत्या अभियोगमा सासु पक्राउ परेकी छिन् । लमजुङको मध्यनेपाल नगरपालिका– ५ पराजुलीबेसीमा १० दिन अघि मृत अवस्थामा फेला परेकी २३ बर्षीया एलिना मगरको हत्या आरोपमा प्रहरीले उनैकी सासु मनश्री मगरलाई पक्राउ गरेको हो ।

घटना विवरण अनुसार बिहान करिब साढे आठ बजेको समयमा एलिना सलको पासो लगाएर झुण्डिएको अवस्थामा घरको मथिल्लो तलामा भेटिएकी थिइन् । एलिना झुण्डिएको सासु मनश्रीले देखेकी थिइन् ।

घटना आठ बजेको भएपनि प्रहरीलाई ११ बजेतिर मात्र खबर भएकाले आशंका बढाएको एलिनाका बुवा रामबहादुर थापाले बताए ।

करिब तीन किमीको दुरीमा रहेको इलाका प्रहरी कार्यालय भोर्लेटारमा खबर नगरी जिल्ला प्रहरी कार्यालय लमजुङमा खबर गरिएकाले पनि सासुको नियतमाथी शंका बढेको रामबहादुरको भनाई छ ।

प्रहरी कार्यलय भोर्लेटारका प्रमुख सई दिपक रानाका अनुसार सासुले छिमेकीलाई खबर गरेपछि मृतक मगरका साइला ससुरा बहादुर थापा मगरले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउने बित्तिकै ईलाका प्रहरी कार्यलय भोर्लेटारबाट टोली घटना स्थल पुगेको सई दिपक रानाको भनाई छ । शवलाई पोष्टमार्टमका लागि क्षेत्रीय अस्पताल पोखरा पठाइएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्न सकिने रानाको भनाई छ ।

कास्कीको रुपा गाउँपालिका– ९ को मौरीबेसी गाउँमा माइती भएकी एलिनाको आठ वर्ष अघि विवाह भएको उनका बुबा रामबहादुर थापाले बताए । उनका अनुसार घर र माइतीको दुरी आधा घण्टाको छ ।

एलिनाको ससुरा वैदेशिक रोजगारीमा छन् । घरमा सासु बुहारी मात्रै बस्दै आएका थिए । एलिनाको सासुका विरुद्धमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइएको रामबहादुर थापाले

एलिनाको नियोजित हत्या भएको दावी गरे ।

घटनामा सासुको बयान पटक पटक बदलिएकाले पनि हत्या हुन सक्ने भन्दै घटनाको सत्य तथ्य छानविनको माग माईती पक्षले गरेका छन् । बयानको क्रममा सासुले एलिना झुण्डिएपछि कहिले सल एक्लै काटेको त कहिले देवर(साइला)को सहयोगमा काटेको हुँ भन्दै आएकी छिन् । बुहारीलाई चारित्रिक लाञ्छना समेत लगाकाले पनि हत्या आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय लमजुङमा मनश्रीका विरुद्ध आत्महत्या दुरुत्साहान मुद्दा जाहेरी परेको प्रहरीले जनाएको छ । मनश्रीलाई पक्राउ गरी जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए ।

सासुसँग प्रायः झगडा हुने गरकोले मानसिक तनावका कारण एलिनाले आत्माहत्या गरेको हुन सक्ने मृतकका छिमेकीले आशंका व्यक्त गरेका छन् । मृतकका एक छ बर्षीय छोरी छिन् भने श्रीमान भारतमा रोजगारीमा छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments