Incident Reports

मध्यवर्ती क्षेत्रमा डोजर चलाएपछि बबण्डर, निकुञ्जका कर्मचारीमाथि हातपात

2020-09-29

Bagmati, Kathmandu, Tarakeshwor

तारकेश्वर नगरपालिकाको वडा नं १ साङ्गलाको थुम्का भन्ने स्थानमा डोजर चलाएको विषयलाई लिएर स्थानीय र निकुञ्जको गस्ती टोलीबीच विवाद हुँदा दुईपक्षबीच घम्साघम्सी भएको छ ।

शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सो स्थानमा दुईवटा डोजर चलाएको पाइएपछि मंगलबार गस्ती टोलीले डोजरको साँचो नियन्त्रणमा लिएसँगै तनाव उत्पन्न भएको हो । सो क्रममा डोजर सञ्चालन गर्न लगाउने स्थानीय माधवप्रसाद तिमिल्सिनाले निकुञ्जका सिनियर गेमस्काउट रितुराज पौडेललाई हातपात गरेका हुन् ।

मध्यवर्ती क्षेत्रमा बिना स्वीकृति डोजर चलाएर बालुवा उत्खनन् गरेको पाइएपछि गस्ती टोलीले साँचो नियन्त्रणमा लिँदा तिमिल्सिनाले हातपात गरेको शिवपुरी राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत विनय कुमार झाले जानकारी दिए ।

कानुन कार्यान्वयन गराउने कर्मचारीमाथि हातपात भएसँगै आफुहरुले घटनाका बारेमा स्थानीय जनप्रतिनिधि, उपभोक्ता र सम्बन्धित निकायमा जानकारी गराएको झाले बताए । घटनाका बारेमा शिवपुरी राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय पानीमुहानमा पनि खबर गरिएको छ ।

घटनालाई लिएर निकुञ्ज कार्यालयले दोषीलाई पक्राउ गर्न भन्दै मौखिक रुपमा बालाजु वृत्तमा जाहेरी दिएको छ । तर, घटनाको वास्तविकता बुझ्न भन्दै बुधवार दिउसो दुईपक्षबीच छलफल गर्ने कार्यक्रम तय गरिएको साङ्गलाका वडाध्यक्ष विदुर सापकोटाले बताए । छलफलबाट समस्या समाधान गर्ने भन्दै मंगलबार वडाध्यक्ष सापकोटा, टोखा १ का वडाध्यक्ष र मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका पदाधिकारी लगायतले निकुञ्ज कार्यालयका अधिकारीहरुसँग छलफल गरेका छन् । सो छलफलपछि दुईपक्ष बसेर समाधान निकाल्ने प्रयत्न गरिएको जनाइएको छ ।

तर, हातपातमा संलग्न भनिएका स्थानीय माधव प्रसाद तिमिल्सिनाले भने निकुञ्ज कार्यालयको ज्यादतीमाथि आक्रोशमात्र पोखेको प्रतिक्रिया दिएका छन् । तिमिल्सिनाले अन्य अवैध जग्गा खण्डिकरण, बनफँडानी गर्दा मुकदर्शक बन्ने निकुञ्ज कार्यालयले आफुहरुले सहि नियतमा चलाएको डोजर नियन्त्रण गर्न बल प्रयोग गरेको दावी गरे । घुस खाएर अवैध काम गर्न दिने तर स्थानीयलाई बिनाकाममा दुःख दिने निकुञ्ज कार्यालयको ज्यादती बढेको भन्दै त्यसको अन्त्यका लागि आफुले विद्रोह गरेको उनको जिकिर छ । तारकेश्वर अनलाईन ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Security forces (unspecified)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments