Incident Reports

डा केसीको जीवनरक्षाको माग गर्दै विराटनगरमा प्रदर्शन

2020-10-06

Province 1, Morang, Biratnagar

 मेडिकल शिक्षा सुधारको मागसहित सत्याग्रहमा रहेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ ।

‘जागौं विराटनगर अभियानले डा केसीको सत्याग्रहमा ऐक्यवद्धतासहित उनको जीवन रक्षाको माग गर्दै प्रदर्शन गरेको हो ।

डा केसीको माग पूरा गर्न माग गर्दै विराटनगरको ट्राफिक चोकमा मंगलबार दिउँसो ३ बजेदेखि ४ बजेसम्म एक घण्टा धर्ना कार्यक्रम गरिएको हो ।

चिकित्सा शिक्षा सुधार, कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धमा विभिन्न माग राखी १९ दिनअघिदेखि जुम्लाबाट सत्याग्रह सुरु गरेका डा. केसी अहिले त्रि.वि. शिक्षण अस्पतालमा रहेका छन् । यो डा. केसीको १९औं सत्याग्रह हो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments