Incident Reports

दाइजो मागेर यातना दिएको घटनाका आरोपित गिरफ्तार

2020-09-30

Madhes, Saptari, Agnisair Krishna Savaran

अग्निसाइर कृष्णसवरन गाउँपालिका–५ बकधुवाकी २६ वर्षीया मनिताकुमारी चौधरी भनिने सबनम खातुनलाई दाइजो माग गर्दै यातना दिएको र लैङ्गिक हिंसा गरेको आरोपमा प्रहरीले ६५ वर्षीय ससुरा फरमुद मियाँलाई असोज २१ गते गिरफ्तार गरेको छ ।

आरोपित फरमुद, पीडितकी ६० वर्षीया सासू जहरुन खातुन, आरोपितकीे २७ वर्षीया छोरी अजमेरुल खातुन र ३० वर्षीय ज्वाइँ अन्सारुल मियाँले पछिल्लो पटक असोज १४ गते दाइजो माग्दै यातना दिएको र लैङ्गिक हिंसा गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा असोज २० गते उजुरी दिनु भएको छ ।

फरमुदका छोरा आजाद अलीसँग सोही गाउँकी पीडितले प्रेम विवाह गरी इस्लाम धर्मअनुसार ०७६ मङ्सिरमा निकाह समेत गरेपछि आरोपितहरूले दाइजो मागेर यातना दिन थालेको भनी पीडितले बताएको ५ नं वडा कार्यालयकी सचिव आशा चौधरीले जानकारी दिनु भयो ।

आरोपितहरूले पीडितका पति आजादलाई घरबाट भगाएर सम्पर्क हुनबाट समेत वञ्चित गरेको पीडितको भनाइ छ ।

आरोपित फरमुदलाई गिरफ्तार गरी असोज २१ गते उजुरी दर्ता गरेको र अन्य आरोपितहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी नरेशकुमार सिंहले बताउनु भयो ।

डिएसपी सिंहले “मुलुकी अपराध (संहिता) ऐन, २०७४” को दफा १७४ बमोजिम कारवाही गरिने जानकारी दिनु भयो ।

सो दफाको उपदफा ३ मा कसैले विवाह गरी सकेपछि दाइजो माग गर्न वा दाइजो नदिएको कारणले हैरान  पार्न, सताउन वा कुनै अमानवीय वा अपमानजन्य व्यवहार गर्न नपाइने व्यवस्था स्पष्ट गरिएको छ ।

त्यस्तो कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा ५० हजार रुपियाँँसम्म जरिबाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons Unclear
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments