Incident Reports

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै प्रदर्शन

2020-10-08

Sudurpashchim, Kailali, Godawari

कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज यथाशीघ्र सञ्चालन गर्नुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । संघले बिहीबार धनगढी-अत्तरिया सडक खण्डअन्तर्गत मेडिकल कलेज अगाडि सडकमा प्रदर्शन गर्नुका साथै केहीबेर चक्काजाम गरेको थियो । नारा, जुलुससहित निकालेको विरोध र्‍यालीमा स्थानीयको समेत सहभागिता रहेको थियो । मेडिकल कलेज सञ्चालनमा सरकारले ढिलाइ गरेकोले दवाव दिन प्रदर्शन गरिएको नेविसंघका नेता पदमराज ओझाले बताए । यही वर्षबाट सञ्चालनमा ल्याउने कार्ययोजना भए पनि सरकारको ढिलाइका कारण कलेज सञ्चालन अनिश्चित रहेको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments