Incident Reports

जनप्रतिनिधिबाट मुद्दा फिर्ता नलिए ज्यान मार्ने धम्की

2020-10-10

Madhes, Mahottari, Bhangaha, Ward 9

 जबरजस्ती करणी मुद्दामा पीडितलाई विभिन्न पक्षबाट मुद्दा फिर्ता लिन प्रलोभन आउन थालेको छ । महोत्तरीको भंगहा नगरपालिका- ९ की एक दलित महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा वडा सचिवविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा अभियोग दर्ता भएपछि विभिन्न प्रलोभन आउन थालेको छ ।

भंगहा नगरपालिका—९ का वडा सचिव मिथिलेश यादवले गत बुधबार साँझ हरिनमरी बजारबाट साँझ ढकिया बेचेर फर्किंदै गरेको महिलालाई बाटोमै रोकेर पोखरी नजिक लगी लछारपछार गर्दै जबरजस्ती करणीको प्रयास गरेको महिलाको आरोप छ । ‘पैसा लिएर मिलापत्र गर्न धेरै किसिमको मलाई धम्की आइरहेको छ, पहिले दुई लाख दिन्छु भन्थे, नमानेपछि १० लाख दिन्छु भन्छन् ।

१० कठ्ठा जग्गा तेरो नाममा गरिदिन्छु तर मुद्दा फिर्ता लिइहाल । हैन भने मारिदिन्छु भनेर धम्की दिन्छन्’ पीडित जबरजस्ती करणी पीडित महिलाले भनिन्, स्थानीय जनप्रतिनिधि नै पटक–पटक पैसाको लोभ देखाउँदै मुद्दा फिर्ता नलिए ज्यान मार्नेसम्मको धम्की दिन थालेको उनको भनाइ छ ।

यादव छुटेर आए परिवारै सिध्याउने धम्की आउने गरेको पीडित महिलाको भनाइ छ । चारैतिरबाट धम्की आउछ, मुद्दा फिर्ता लि नत्र तेरो घरमा कसैलाई छोडदिन भन्छन्, पीडित महिलाले भनिन्, ‘बिहान बेलुका मेरो माइतमा समेत छोरीलाई सम्झाईं हाल नभए ठीक हुँदैन, भनेर धम्क्याउँछन, अब त एक्लै घरमा बस्नसमेत डर लाग्छ ।’



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Other types of GBV
Secondary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth na
National/Online Media

0 Comments