Incident Reports

तलब कटौती भएपछि केयुका रिसर्चर आन्दोलित

2020-10-09

Bagmati, Kabhrepalanchok, Dhulikhel

काठमाडौं : काठमाडौं विश्वविद्यालयका रिसर्चर तलब कटौती भएको भन्दै आन्दोलित भएका छन्। गैरकानुनी रुपले ३० प्रतिशत तलब कटौती भएको भन्दै रिसर्चरहरू शुक्रबार धुलिखेलस्थित केन्द्रीय क्याम्पसमा शान्तिपूर्ण आन्दोलन प्रदर्शन गरेका हुन्। गैरकानुनी रुपले तलब काटिएपछि आन्दोलित हुनु परेको एक रिसर्चरले जानकारी दिए। उनले भने,‘हाम्रो ३० प्रतिशत तलब काटिएको ६ महिना भैसक्यो। किन र कसरी काटिएको भन्‍नेबारे जानकारी कुनै प्रशासनले हामीलाई औपचारिक रुपमा दिएको छैन। त्यसैले आन्दोलन गरेका हौँ।’ श्रम ऐन विपरीत तलब काटिएको उनको भनाइ छ। उनका अनुसार तलब काटिएपछि स्कुल अफ साइन्स र इन्जिनियरिङका सबै रिसर्चर यतिखेर आन्दोलित भएका छन।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments