Incident Reports

जुम्लामा ज‌ंगली परम्परा : अपहरणपछि बलात्कार अनि विवाह

2020-09-26

Karnali, Jumla, Patrasi, Ward 3

जुम्ला । करिब चार महिनाअघि जिल्लाको पातारासी–३ स्थित महरी गाउँकी एक किशोरीलाई एक युवकले जबर्जस्ती श्रीमती बनाए । त्यसको दुई महिनापछि पातारासी–२ तल्फीका युवाले हुरी गाउँकी एक युवतीलाई ‘तानेरै’ जबर्जस्ती विवाह गरे । केही दिनअघि मात्रै पातारासी गाउँपालिका–३ छुम गाउँकी एक युवतीलाई अपहरण शैलीमा श्रीमती बनाउने प्रयास भयो । यद्यपि, ती युवतीले यसलाई सहज रूपमा लिइनन् । र, ‘विद्रोह’ गरिन् । उनी अहिले आफ्नो जन्मघरमा बसेर आफूमाथि अन्याय गर्ने युवकमाथि कारबाहीका लागि लडाइँ लडिरेहकी छन् । पहरण शैलीमा घर लगिन्छ र जबर्जस्ती शारीरिक सम्बन्ध राखिन्छ । यसपछि विवाहको रंग दिइन्छ । यस किसिमको घटना जुम्लामा अहिले पनि यथावत् छ । कसैले आफूमाथि भएको ‘अन्याय’लाई सहजै स्वीकार गरी विवाहका रूप दिन्छन् भने कसैले विद्रोह गर्छन् । विद्रोह गर्ने एक महिला हुन्– १९ वर्षीया सपना बोहोरा (नाम परिवर्तन) । उनलाई अपहरण शैलीमा कसरी लगियो र विवाह गर्न कतिसम्म यातना दिइयो, त्यो सुन्दा आङ नै जिरिङ्ङ हुन्छ । पत्याउनै गाह्रो हुन्छ ।१० असोजको बेलुकी । पातारासी–३ छुम गाउँकी उनी आफ्नो घर फर्कँदै थिइन् । छिमेकी गाउँका डिलबहादुर बोहोराले सोधे, ‘कता जान लागेको ?’ उनले ‘घर जाँदै छु’ भनिन् ।अपहरण शैलीमा घर लगिन्छ र जबर्जस्ती शारीरिक सम्बन्ध राखिन्छ । यसपछि विवाहको रंग दिइन्छ । यस किसिमको घटना जुम्लामा अहिले पनि यथावत् छकेही बेरपछि डिल बोहोरासहित ५÷६ जनाको समूहले उनलाई तानेर घर लग्ने प्रयास ग-यो । उनले प्रतिकार गरिन् तर सकिनन् । उनीसँगै हिँडेका भतिजो पर्नेलाई पनि युवाको समूहले समात्ने प्रयास ग-यो तर सकेन । उनी भागेर घर पुगे ।युवा समूहले तानिरहँदा सपना धेरै चिच्याइन् । घटना सपनाको गाउँलेले थाहा पाउलान् भन्ने डरले हतार हतार गरेर उनलाई नदी कटाइयो । राति ८ बजे उनलाई डिलबहादुरको टोलीले गाउँ पु-यायो र अर्काको घरमा राख्यो ।भोलिपल्ट दिनभरि अर्कैको घरभित्र सपना र डिल बहादुरलाई थुनियो । तीन दिनपछि डिलबहादुरको घरमा सपनालाई जबर्जस्ती भिœयाइयो । उनले धेरै पटक भाग्ने प्रयास गरिन् तर सफल भइनन् ।मेरो डिलबहादुरसँग न प्रेम थियो, न कुनै भेट भएको थियो । मलाई जबर्जस्ती तानेर मेरो जिन्दगी बर्बाद पारियो,’ सपनाले भनिन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
Total Abducted 1
Female Abducted 1
National/Online Media

0 Comments