Incident Reports

बलात्कारको आरोपमा मध्यपुर थिमिबाट एक युवक पक्राउ

2020-10-04

Bagmati, Bhaktapur, Madhyapur Thimi, Ward 8

भक्तपुर : बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका–९, घर भई हाल काठमाडौंको बानेश्वर बस्ने २१ वर्षीय कुश यादव र रामेछापको दोरम्वा गाउँपालिका–७, थापागाउँ घर भई हाल भक्तपुरको बोडे बस्ने २१ वर्षीय पासाङ तामाङ रहेका छन्। उनीहरुलाई शुक्रबार सार्वजनिक गरिएको हो। प्रहरीका अनुसार १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पासाङ तामाङ पक्राउ परेका छन्। उनलाई मध्यपुर थिमि–८, बोडेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। तामाङले बालिकालाई ललाइफकाइ आफ्नो कोठामा लगेर असोज १८ गते आइतवार राति बलात्कार गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थेबेले बताए।

तामाङलाई प्रहरीले उनकै डेराबाट पक्राउ गरिएको हो। पक्राउ परेका तामाङलाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Youth Killed 00
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments