Incident Reports

माछा मार्न गएकी महिलाको शव गाडिएको अवस्थामा फेला, देवर पक्राउ

2020-10-13

Sudurpashchim, Kanchanpur, Shuklaphanta, Ward 8

 स्थानीय सनवोरा खोलामा माछा मार्न गएकी  शुक्लाफाँटा नगरपालिका-८ नौखरीकी एक महिलाको शव शंकास्पद अवस्थामा फेला परेको छ।

मुक्तकमैया बस्तीकी अन्दाजी ३५ वर्षीय कलावती खुनाकोको शव खोलाको डिलमा गाडिएको अवस्थामा फेला परेको हो। मंगलबार २६ वर्षीय देवर मानसिंह खुना र १० वर्षीय छोरासँगै माछा मार्न गएकी खुना घर नआएपछि बुधबार दिउँसो स्थानीयले खोज्दा बालुवामा गाडिएको अवस्थमा उनको शव फेला परेको हो।

खुनालाई हत्या गरी बालुवामा गाडिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए। प्रत्यक्षदर्शीका अनुसार खुनाको टाउकोमा चोट लागेको र गुप्ताङबाट रगत बगेको अवस्था छ। उनीसँगै गएका उनका देवर मानसिंहलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

मानसिंहको हाप पाइन्टमा समेत रगतजस्तो धब्बा रहेकाले उनले नै हत्या गरेको हुन सक्ने प्रहरीले शंका गरेको छ। स्थानीय भागीराम चौधरीका अनुसार बुधबार दिउँसो भाउजू हराएकाले खोजतलासका लागि गुहार माग्दै मानसिंह आएका थिए।

मान सिंहलाई माछा मार्न गएको स्थानमा स्थानिय बासिन्दाले लगेपछि कलावतीको शव भेटिएको थियो। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ। शव परीक्षणका लागि महाकाली अस्पताल लगिएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Secondary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments