Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-09-24

Madhes, Siraha, Kalyanpur, Ward 1

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कल्याणपुर नपा-१ का ३० वर्षीय दिलखुस मण्डललाई असोज २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ८ गते बलात्कार गरेको र स्थानीयहरूले गाउँमै मिलाउने प्रयास गर्दा उजुरी दिन ढिला भएको पीडित पक्षले जनाएको छ ।

पीडित पक्षले असोज २८ गते आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएको पीडित बालिकाको बुबाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज २८ गते गरिएको छ ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments