Incident Reports

बलात्कार विरुद्धको मार्चपास : तँ बलात्कारी होस्!

2020-10-20

Bagmati, Makawanpur, Hetauda

हेटौंडा : मकवानपुरको हेटौंडामा बलात्कार र महिला हिंसाविरुद्ध स्वतन्त्र रुपमा युवतीहरु जम्मा भएर मार्च पास गरेका छन्।

हेटौंडाको मुख्य चोकमा रहेको बुद्धचोकमा करिब ४० जना युवती, किशोरीले मार्चपास गरेका थिए भने र्‍याली र प्रदर्शनमा १ सय जनाभन्दा बढीको उपस्थिति थियो। कालो टिसर्ट,कालो पाइन्ट र कालो फेटा बाँधेर बलात्कार र महिला हिंसाविरुद्ध सांकेतिक प्रदर्शन गरेका हुन्।

उनीहरुले महिला हिंसा र बलात्कार विरुद्ध नबोल्ने हरेक व्यक्ती समाज बलात्कारी सरह हुने भन्दै ‘तँ होस बलात्कारी!’ भन्दै नारा लगाएका हुन्। उनीहरुले मार्चपासमा दमनकारी सत्ता पुरुषप्रधान देशमा नारिहरु दबिन बाध्य भएको उजागर गरेका थिए। यस्तै बलात्कारीलाई फाँसी दिन नमिलेता पनि कडा कानुन ल्याउनुपर्ने बताएका थिए।

युवतीहरुको मार्चपास सहित र्‍यालीमा ‘मलाई बाच्न मन छ मलाई बचाउ’, ‘कस्तो कानुन कस्तो सरकार ?’, कपडा छोटो की नजर खोटो’, ‘सरकार देखाउ इच्छा खोइ त, महिलाको सुरक्षा? जस्ता नारा लगाउँदै गीती शैलिमा प्लेकार्ड बोकेर कालो टिसर्ट, कालो पाइन्ट र कालो फेटा बाँधेर सांकेतिक प्रदर्शन गरेका हुन्।

करिब एक घण्टा गरिएको प्रदर्शनमा उनीहरुले ‘अर्को पालो मेरो पो हो कि ?’ यो अत्याचार अब म सहन्न अब म बोल्छु अब मौन रहन्न’, ‘हत्या हिंसा बलात्कार समाजबाटै बहिष्कार’,हरेक नेपाली नारीले लक्ष्मी हैन, काली बनेर आफ्नो रक्षा गर्ने बेला आएको छ’ लगायत लेखिएको प्लेकार्ड बोकेका थिए।

कार्यक्रमको अगुवाइ गरेकी हेटौंडाकी रोनिसा फुयाँलले महिला हिंसा विरुद्धको प्रत्येक घरको आवाज बुलन्द गर्न सडकमा आएको बताइन्। उनले अहिले पनि धेरै महिला हिंसाका घटनाहरु भएता पनि बाहिर आउन नसकेको र हिंसाहरु नरोकेका भन्दै त्यसको लागि महिलाहरु आफैं अगाडि आउनुपर्ने बताइन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments