Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-10-06

Lumbini, Dang, Ghorahi, Ward 8

१७ वर्षीया बालिका बलात्कार घटनाका फरार आरोपित  घोराही उपमनपा–८ का २३ वर्षीय माधे भनिने माधव केसी र सोही ठाउँका २० वर्षीय कमल डाँगीलाई प्रहरीले कात्तिक ४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितहरूले असोज २० गते सामुहिक बलात्कार गरेको भन्दै पीडितपक्षले असोज २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटना लगत्तै फरार रहेका आरोपितलाई नारायणपुरबाट गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण असोज २७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments