Incident Reports

‘गाउँमा बत्ती बलेकाे २ दिनमै पुरानो निर्माण समितिद्वारा पावरहाउस तोडफोड’

2020-11-02

Karnali, Humla, Kharpunath, Ward 3

हुम्ला, १८ कार्तिक। खार्पुनाथ गाउँपालिकाको वडा नं. ३ रायामा नवनिर्मित जलविद्युत आयोजनाको पावरहाउस तोडफोड गरी बत्ती अवरोध हुँदा गाउँ नै अन्धकार भएको छ ।

१७ वर्षबाट बन्न नसकेको विद्युत आयोजना निर्माण गरी गाउँमा बत्ती बलेकाे राया गाउँका स्थानीयबासीले २ दिन पनि बत्तीकाे अनुहार देख्न पाएनन् । २०६१ सालमा सुरु भएको आयोजनाका लागि साबिकको राया गाविस, स्नोल्यान्ड एकीकृत विकास केन्द्र नेपाल, वैकल्पिक उर्जा र खार्पुनाथ गाउँपालिकाको करोडौँ रकम खर्च गर्दा पनि तत्कालीन विद्युत निर्माण समितिले काम नगरी रकम मात्र हिनामिना गरेपछि रायाका युवाहरू जागरुक भई पुरानो निर्माण समिति खारेज गरी नयाँ समिति बनाएका थिए । साे नयाँ समितिले विद्युत निर्माणको कार्य धमाधम अगाडि बढाई गाउँमा बत्ती बाल्ने प्रण गरेकाे थियाे ।

तर विद्युत निर्माण कार्यमा अवरोध गरिरहेकाे पुरोनो निर्माण समितिका अगुवाहरुले जनताले बाल्ने बत्तीको घाँटी निमोटेर आफ्नो पेट भर्न नपाएको रिसमा पावर हाउस तोडफोड गरेको खार्पुनाथ गाउपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए । यो विद्युत निर्माणका लागि तत्कालीन राया गाविस र विभिन्न संघ-संस्थाबाट करोडौँ रकम खर्च हुँदा पनि  बत्ती बलेन । आएको रकम हिनामिना भयो । निर्माणका लागि गाउँ पुर्याइएका सामान लुकाईए । तर अहिले नयाँ समितिमार्फत विद्युत बलेपछि पुरानाे समितिका मान्छेले नवनिर्मित पावरहाउस तोडफोड गरी बत्ती अवरोध गरेको अध्यक्ष रावलले बताए ।

भर्खरै निर्माण सम्पन्न भएको राया खोला जलविद्युत आयोजनाको यही कार्तिक १४ गते पूर्वमन्त्री समेत रहेका कर्णली प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता एवं काँग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन भएको २ दिन नहुँदै नेपाल प्रहरीका पुर्प असई समेत रहेका पुरानो विद्युत निर्माण समितिका सचिव बलवीर रावलसहितको टोलीले पावरहाउस तोडफोड गरेकाे अध्यक्ष रावलकाे आरोप छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media

0 Comments