Incident Reports

श्रीमतीको शरीरमा तातो तेल खन्याएर हत्या गर्न खोजेको अभियोगमा श्रीमान पक्राउ

2020-11-08

Bagmati, Dhading, Nilakantha, Ward 11

धादिङ : नीलकण्ठ नगरपालिका-११ ज्यामरुङकी २० वर्षीया पुुजा परियारलाई तातो तेल ज्यानमा खन्याएर हत्या गर्न खोजेको अभियोगमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ।

घरमा बसीरहेकी श्रीमतीलाई तेल तताएर शरिरमा खन्याएपछि पुजा सख्त घाइते भएकी छिन्। उनको तातो तेलले पोलेर टाउको, ढाड, घाँटी, गोडा र हातमा घाउ भएको छ। घाइतेको कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र अभियुक्तलाई गिरफ्तार गरी अनुसन्धान शुरु गरिएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए।

अभियुक्तविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरेको छ। घटना प्रकृतिअनुसार मुद्दामा अनुसन्धान हुने र कसुर अनुसारको अदालतले सजाय गर्ने प्रहरीले जनाएको छ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments