Incident Reports

भारतमा सामान किन्न जानेहरूको भीड बढेपछि दार्चुला नाकामा प्रहरीद्वारा लाठी चार्ज

2020-11-08

दार्चुलाको झुलाघाट नाकाबाट भारतमा सामान किन्न जानेहरूको भीड बढेपछि प्रहरीले लाठी चार्ज गरेको छ। 

प्रहरीले आइतबार भीडलाई नियन्त्रण गर्न बल प्रयोग गरेको हो।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले अत्यावश्यक कामका लागि आधा घण्टा नाकामा आवतजावत गर्न दिन भनेको थियो। 

त्यही समयमा भारतीय बजार धारचुलामा सामान किन्न जानेहरूको भीड निकै बढेपछि प्रहरीले लाठी चार्ज गरेको थियो।

प्रदेश प्रहरी कार्यालय दीपायलका अनुसार किरिया गर्नुपर्ने मान्छे, परीक्षा दिने विद्यार्थीलगायतका लागि भनेर केही समय महाकाली नदीमाथिको पुलमा आवतजावत गर्न दिन स्थानीय प्रशासनलाई आदेश दिएको थियो। 

सोही आदेशअनुसार आइतबार पुल खोल्दा भीड बढेको हो। 

दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टका अनुसार भारत जाने भन्दै एक व्यक्ति मदिरा सेवन गरेर भीडभाडमा आएका थिए।

‘भीडमा एक-अर्कालाई धकेलेछन्। रक्सी खाएर आएका व्यक्ति लडे। उनको नाकबाट रगत आएको थियो। अनि प्रहरीले मान्छे च्यापिने हो कि भनेर त्यसो गरेको हो,’ उनले भने।

त्यही भीड नियन्त्रण गर्न प्रहरीले केही समय लाठी चार्ज गरेको प्रहरी नायब उपरीक्षक विष्टले बताए। 

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भने झुलुंगे पुलको बाटो साघुँरो भएकाले भिडभाड भएको जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Secondary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments