Incident Reports

विद्यालयले चर्को शुल्क लिएको भन्दै विरोध

2020-11-10

Madhes, Rautahat, Gaur

रौतहटको  गौरस्थित जुद्ध माध्यमिक विद्यालयले विद्यार्थीसँग चर्को शुल्क उठाएकोमा स्थानीय अभिभावकले विरोध गरेका छन्। १० वर्षपहिले विद्यालयले अंग्रेजी माध्यममा कक्षा सञ्चालन गरेको र विद्यार्थीसँग विभिन्न बहानामा चर्को शुल्क उठाउन थालेपछि अभिभावकले विरोध गरेका हुन्। 

विद्यालयले लकडाउनको अवधिमा कक्षा सञ्चालन नगरे पनि सो अवधिको शुल्क उठाएको छ। विद्यालयले टाई, बेल्ट तथा अन्य शुल्क विद्यार्थीसँग उठाउने गरेकाले अभिभावकमा व्यापक असन्तुष्टि रहेको अनेरास्ववियुका केन्द्रीय सदस्य रवि मिश्रले बताए। विद्यार्थी संगठनहरूले पनि विद्यार्थीबाट उठाएको शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै आएका छन्। विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी कम भएकाले शुल्क उठाइएको विद्यालयको दाबी रहेको छ।

१० वर्षपहिले विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुनुपर्ने भन्दै अभिभावकले नै अति न्यून शुल्क निर्धारण गरेका थिए तर स्थानीय सरकार गठनपछि पहिलेका अनुभवी शिक्षक हटाएर आफ्नो मान्छे भर्ना गरी विद्यार्थीमाथि चर्को शुल्क लादिएको अभिभावकको आरोप छ।

१० वर्षपहिले विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुनुपर्ने भन्दै अभिभावकले नै अति न्यून शुल्क निर्धारण गरेका थिए तर स्थानीय सरकार गठनपछि पहिलेका अनुभवी शिक्षक हटाएर आफ्नो मान्छे भर्ना गरी विद्यार्थीमाथि चर्को शुल्क लादिएको अभिभावकको भनाइ छ। विद्यालयले चर्को शुल्क उठाउन थालेपछि अभिभावक तथा विद्यार्थी संगठनले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाउँदै सम्पूर्ण शुल्क मिनाहा हुनुपर्ने र विद्यार्थीबाट उठाइएको शुल्क फिर्ता हुनुपर्ने माग गरेका छन्।

प्रकाशित: २५ कार्तिक २०७७ ०९:१४ मंगलबार

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other economic issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments